Nepal Life

बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति

NMB Bank
  • BFIS News
  • 2024 Oct 10 18:54
बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति
United Ajod

काठमाडौँ । यही असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक यातायातका क्षेत्रमा झण्डै रु ७३ करोडबराबरको क्षति भएको छ ।

Shikhar
Nepal Life
NIMB

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दिएको जानकारीअनुसार अविरल वर्षाका कारण रु ७२ करोड ९८ लाख ८० हजार बराबरको क्षति भएको हो ।

क्षति भएकामध्ये पश्चिम नेपाल यातायात बस व्यवसायी प्रालिको रु ११ करोड ८८ लाख ८० हजार, नमस्ते नेपाल यातायात व्यवसायी प्रालिको रु दुई करोड ८५ लाख, गोरखा दरौँदी यातायात सेवा कम्पनीको रु ६० लाख बराबरको क्षति भएको महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए ।

यस्तै, बाग्मती टिपर व्यवसायी सङ्घको रु २७ करोड, नेपाल ट्रक टिपर व्यवसायी सङ्घको रु २० करोड, महाकाली व्यवसायी बहुउदेश्यीय कम्पनी प्रालिको रु छ करोड ६५ लाख र रसुवागढी नाकामा रु चार करोड बराबरको क्षति भएको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले देशभर सार्वजनिक यातायात क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गरेर बुधबार गृह मन्त्रालय र यातायात व्यवस्था विभागमा बुझाइएको जानकारी दिए । (रासस)

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया