Nepal Life

बीपी राजमार्ग शुक्रबार दिउँसोबाट संचालनमा आउने

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Thu 18:56
बीपी राजमार्ग शुक्रबार दिउँसोबाट संचालनमा आउने
Sanima Reliance

काठमाडौँ । बीपी राजमार्ग शुक्रबारबाट संचालनमा आउने भएको छ । त्यसका लागि फूलपातीको दिन पनि सडक बनाउने काम तीव्ररुपमा भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

NIMB

मन्त्रालयका सचिव केशवकुमार शर्मा नेतृत्वको टोलीले बिहीबार बिहानै बाढीले बगाएको राजमार्गका विभिन्न खण्ड हेरी डाइभर्सन बनाएर सडक संचालनमा ल्याउन लागिएको हो । 'हामी फिल्डमै छौं, यहाँ युद्धस्तरमा काम भइरहेको छ,' उनले भने, 'कुनै समस्या आइनपरे शुक्रबार दिउँसोबाट सडक संचालनमा आउने छ ।' उनका अनुसार सबैतिरबाट मेसिन र प्राविधिक जम्मा गरेर काम गराइएको छ ।

'कान्ति राजमार्ग केही दिनअघि संचालनमा ल्यायौं,' उनले भने, 'त्यहाँको मेसिन यता ल्याएर काम गरिएको छ ।' कतै खोलो तर्काएर त कतै एकतर्फी रुपमा सवारी चलाउन मिल्ने गरी अस्थायी रुपमा सडक संचालनमा ल्याउन लागिएको उनको भनाइ छ । उक्त राजमार्गको काभ्रेभन्ज्याङ-नेपालथोक खन्डको १२ किलोमिटर सडक रोशी खोलाले बगाउँदा यातायात ठप्प बनेको छ । यो सडक भएर चाडबाडमा दैनिक १० हजार सवारी गुड्ने गरेका छ्न् ।

पूर्व र तराईंका लागि यही सडक भएर सवारी साधान उपत्यकाबाट बाहिरिने गरेका छ्न् । सडक बन्द भएपछि यात्रुहरु वैकल्पिक मार्ग प्रयोग गरेर गइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।

कार्यालयका प्रवक्ता डीएसपी रविन कार्कीका अनुसार घटस्थापनादेखि बिहीबार बिहानसम्म ६ लाख २२ हजार उपत्यकाबाट दसैंका लागि बाहिरिएका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया