Nepal Life

बिस्कुट चाख्ने गज्जबको जागिर : वार्षिक तलब ६० लाख रुपैयाँ !

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Sun 05:00
बिस्कुट चाख्ने गज्जबको जागिर : वार्षिक तलब ६० लाख रुपैयाँ !
Sanima Reliance

काठमाडौं । हरेक मानिसको चाहना हुन्छ कि जीवनमा सजिलो जागिर पाइयोस् र तलब पनि मनग्गे होस् । तर सबैलाई सोँचेजस्तो जागिर कहाँ मिल्छ र ?

NIMB

जसोतसो जागिर गरिरहेकाहरु धेरैले दिउसोको खाजा खाने समयमा बिस्कुट र चिया खाने गर्दछन् हाम्रो देशमा । अर्थात् जागिरेहरुका लागि बिस्कुट सबैभन्दा चल्तीको खाजाको रुपमा रहेको छ हामीकहाँ । तर यो दुनियामा एउटा यस्तो जागिर छ जहाँ काम गर्नुपर्ने भनेको केवल बिस्कुट खाने मात्रै हो । अर्थात् जागिरले बिस्कुट खाने बाहेक अरु कामै गर्नु पर्दैन । र, तलब पनि एक वर्षमा ६० लाख रुपैयाँ जति कमाइन्छ ।

हो, दुनियामा एउटा यस्तो कम्पनी छ जसले बिस्कुट चाख्ने कर्मचारीहरुको खोजी गरिरहेको छ । कम्पनीले उत्पादन गरेका बिस्कुट चाख्ने काममा खटिने कर्मचारीहरुले तलबको रुपमा वार्षिक ६० लाख रुपैयाँ बराबरको रकम पाउनेछन् ।

स्कटल्याण्डको बिस्कुट उत्पादक कम्पनी बोर्डर बिस्किटले कम्पनीका लागि मास्टर बिस्किटर पदको आवेदन माग गर्ने गरेको छ ।कम्पनीमा मास्टर बिस्किटर पदमा भर्ना हुनेको एकमात्र काम भनेको कम्पनीबाट उत्पादित बिस्कुटहरुको स्वाद चाख्नु हुनेछ । त्यसका लागि उसले वार्षिक ४० हजार ब्रिटिस पाउण्ड अर्थात् करीब ६० लाख रुपैयाँ तलब पाउनेछ ।

बिस्कुट चखुवा पदमा भर्ना गर्नका लागि कम्पनीले विशेष योग्यता तथा रुचि भएका कर्मचारीको खोजी गरिरहेको छ । उक्त पदमा आवेदन गर्नका लागि इच्छुक उम्मेदवारसँग बिस्कुटको स्वाद तथा बिस्कुट उत्पादनका विषयमा गहिरो जानकारी तथा रुचि हुनुपर्नेछ भने नेतृत्व कौशल र वार्तालापमा पनि पोख्त हुनुपर्नेछ ।

साथै बिस्कुट चखुवा पदमा छनोट हुनका लागि उम्मेदवारले ग्राहकसँग उत्कृष्ट सम्बन्ध कायम गर्नका लागि उत्तम उपाय समेत सुझाउनु पर्नेछ ।

कम्पनीले देशभरका मानिसहरुलाई आवेदनका लागि प्रोत्साहित गरिरहेको हुन्छ । प्रारम्भिक छनोटमा परेका आवेदकहरुलाई अन्तरवार्ताका लागि बोलाइन्छ । उक्त बिस्कुट चखुवाको जागिर पूर्णकालीन हुन्छ । वार्षिक ४० हजार पाउण्ड तलबका साथै बिस्कुट चखुवाले वर्षमा ३५ दिनको विदा समेत पाउछन् । बिस्कुट चाख्ने यो जागिर जो कोहीका लागि पनि आफ्नो सपनालाई यथार्थमा परिणत गर्ने एक अविश्वसनीय अवसर हो । 

–एजेन्सीको सहयोगमा

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया