Nepal Life

कोभिडले थिलिएको हवाइ क्षेत्रलाई बाढी पहिरोले गर्यो उद्दार, दसैँको दुई दिनमा ६३ हजारले गरे हवाईयात्रा

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Sun 13:15
कोभिडले थिलिएको हवाइ क्षेत्रलाई बाढी पहिरोले गर्यो उद्दार, दसैँको दुई दिनमा ६३ हजारले गरे हवाईयात्रा
Sanima Reliance

काठमाडौं । कोभिड १९ को समयमा थिलिएको हवाइ क्षेत्रले अविरल वर्षा पछिको बाढी पहिरोका कारण सडक मार्ग अवरुद्ध हुँदा ठुलो राहात पाएको छ । सरकारले कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि लकडाउन गर्दा महिनौसम्म हवाइ क्षेत्र ठप्प बन्न पुग्यो । जसले गर्दा कयौ एभिएसन क्षेत्र धरासायी बन्न पुगे । 

NIMB

बडादसैँको दुुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन् । असोज  २४ गते फूलपाती र २६ गते (महाअष्टमी/महानवमी) मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेका हुन् । दशैको टिकादिनदेखि तीन चार दिनसम्म सम्पुर्ण हवाइ रुटमा यात्रु बुक भइसकेका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार असोज २४ गते आन्तरिकतर्फ दुईतर्फी गरेर तीनसय एक उडानमार्फत १७ हजार तीनसय २९ र असोज २५ गते दुई सय ७८ उडानबाट १४ हजार चार सय ३६ गरी कुल ३१ हजार सात सय ६५ ले आन्तरिक उडानमा हवाई यात्रा गरेका छन् ।

यस्तै अन्तर्राष्ट्रियतर्फ असोज २४ गते दुईतर्फी एकसय सात उडानमार्फत १६ हजार पाँच सय नौ र असोज २५ गते पनि एकसय सात उडान हुँदा १४ हजार नौ सय ६८ गरी कुल ३१ हजार चार सय ७७ ले हवाई यात्रा गरेको विमानस्थल कार्यालयले जनाएको छ । यो उडान र यात्रु सङ्ख्या आगमन र प्रस्थान दुवैको हो ।

यसअघि यही असोज १४ गते एकैदिन आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएका थिए ।  ती उडानमार्फत सोही दिन ३५ हजार सात सय चार जनाले हवाई यात्रा गरेका छन् । यही असोज ११ र १२ गतेको अबिरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानमा चाप भएको थियो ।    

अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान चाप बढेपछि विमानस्थलको टर्मिनल भवनमा यात्रुको खचाखच भीडभाड थियो । अहिले हवाई उडान सामान्य बन्दै गएको विमानस्थल कार्यालयले जनाएको छ ।  यही असोज १३, १४, १५ र १६ गते हवाई उडान चाप बढेको थियो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया