Nepal Life

१४ बीमा कम्पनीले पूँजी जुटाउन बाँकी, बोनस शेयर र हकप्रद जारी गर्दै, कुन कम्पनीको कति ?

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Mon 06:58
१४ बीमा कम्पनीले पूँजी जुटाउन बाँकी, बोनस शेयर र हकप्रद जारी गर्दै, कुन कम्पनीको कति ?
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम पूँजी जुटाउन अझै पनि १४ कम्पनीले सकेका छैनन् । प्राधिकरणले २ वर्ष अगाडी जीवन बीमा कम्पनीको लागि ५ अर्ब र निर्जीवन बीमा कम्पनीको लागि साढे २ अर्ब पूँजी निर्देशन दिएको थियो । पूँजी बृद्धि योजना सँगै बीमा प्राधिकरणले लिएको फोर्स मर्जरको नीति पश्चात जीवन तर्फ ४ वटा र निर्जीवन तर्फ ६ वटा मर्जर सफल भयो । मर्जर पछि पनि कतिपय कम्पनीको पूँजी पुग्न सकेको छैन ।

NIMB

पूँजी जुटाउन नसक्ने तथा मर्जरलाई अटेर गरेका कम्पनीहरुलाई अहिले आएर प्राधिकरणले हकप्रदको बाटो खोलिदिएको छ । तत्कालका लागि जगेडा कोषमा रहको रकमलाई पनि पूँजी सरह मान्ने नीति लिए सँगै कम्पनीहरुले केहि सहजता भने पाएका छन् । यद्यपी बीमा कम्पनीहरुलाई प्राधिकरणले समय समयमा पूँजी बृद्धि योजनाको प्रगति विवरण भने मागिरहेको छ ।

हालसम्म जीवन तर्फ नेपाल लाइफ, हिमालयन लइफ, सूर्यज्योति लाइफ, नेशनल लाइफ,आइएमई लाइफले मात्रै न्युनतम पूँजी जुटाइसकेका छन् । त्यस्तै निर्जीवन तर्फ आइजीआइ प्रुडेन्सियल, सिद्धार्थ प्रिमियर, शिखर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी, हिमालयन एभरेष्टले जुटाइसकेका छन् ।

निर्जीवन बीमा कम्पनी

प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब जुटाउन निर्देशन दिए पनि अझै ७ वटा कम्पनीले पूँजी जुटाउन बाँकी छ । युनाइटेड अजोडले १५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्दैछ । हाल युनाइटेडको २ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । साविक युनाइटेड र अजोड मर्जर पछि बनेको युनाइटेडलाई प्रतिशतले सहजिकरण गर्दै आइरहेको छ ।

नेकोले मर्जर नगरी पूँजी जुटाउदैछ । कम्पनीले २० प्रतिशत हकप्रदको योजना बनाएको छ । बाँकी बोनस शेयर दिएर जुटाउने योजना बनाएको छ । सानिमा जिआइसीले मर्जर पछि पनि नपुग पूँजी हकप्रद मार्फत जुटाउदैछ । नेपाल इन्स्योरेन्सले भने बोनस शेयर दिएर नपुग हकप्रद शेयर जारी गर्ने योजना बनाएको छ । एनएलजीले ६२.३९ प्रतिशत हकप्रद शेयर निष्काशनको लागि सम्पुर्ण प्रकृयाँ अगाडी बढाइसकेको छ । नेपाल धितोपत्र बोर्डले पनि अनुमति दिइसकेको छ । प्रभुले पनि हकप्रद निष्काशन गर्नु पर्नेछ । राष्ट्रिय बीमा कम्पनीको अझै पनि पूँजी बृद्धि योजना अन्योलकै अवस्थामा छ । लेखापरीक्षण गर्न नसक्दा कम्पनीको पूँजी बृद्धि योजना अलपत्र छ ।

जीवन बीमा कम्पनी

जीवन बीमा कम्पनी तर्फ अझै पनि ७ वटाले पूँजी जुटाउन बाँकी छ । रिलायबल नेपाल, सानिमा रिलायन्स लाइफ, सिटिजन लाइफले बोनस शेयर दिएरै पूँजी जुटाउने योजनामा छन् । प्रभु महालक्ष्मीले भने ७ प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव साधारणसभाबाट पारित गरेको छ । सन नेपाल लाइफले आइपिओ निष्काशन गर्दा आर्जन गरेको प्रिमियमलाई सञ्चित गर्दै नपुग पूँजी हकप्रद मार्फत जुटाउदैछ । एशियन र एलआइसी नेपालले हकप्रद निष्काशन गर्दै छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया