Nepal Life

कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँः ढकाल

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Tue 14:20
कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँः ढकाल
National Life

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरला नाकामा पूर्वाधार निर्माण गर्ने कुरालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताएका छन्।

NIMB

कोरलाबाट नेपालले दुवै देशसँग फाइदा लिनसक्ने उल्लेख गरे। उनले सडक पूर्वाधारको हिसावले सुनौलीदेखि कोरलासम्म नै पुगेको तर अन्य आधारभुत पूर्वाधार बनाउन नेपालले नसकेको गुनासो गरे।

उनले अधिकांश सडकहरु पनि कालोपत्रे भइसकेकाले सरकारले उच्च महत्व दिएर कोरला नाकामा पूर्वाधार निर्माण बढाउनुपर्ने बताए । उनले पोखरा पुगेका अधिकांश पर्यटकको रोजाई कोरला नाका हुने गरेको भन्दै पर्यटन, व्यापार र आर्थिक गतिविधि बढाउनका लागि महत्वपूर्ण हुने दाबी गरे ।

उनले चीनको तर्फबाट मात्रै नाकामा पूर्वाधार तयार भइसकेको तर नेपालले छिटो गरी पूर्वाधार तयार गर्न नसक्दा आर्थिक क्रियाकलापमा क्षति भइरहेको बताए ।

उनले भने, ‘कोरला नाका नेपालको लागि निकै महत्वपूर्ण नाका हो । भारत र चीनलाई जोड्ने सबैभन्दा नजिकको नाकाको रुपमा यो नाका रहेको छ । अहिले सडक पूर्वाधारको हिसाव गर्दा सुनौलीदेखि यहाँसम्म सडकको पूर्वाधार बनेको छ । धेरै जसो ठाउँमा पिच भइसकेको छ भने कतिपय ठाउँमा यसलाई सुधार गर्नुपर्छ । सडकको हिसावले सुनौली नाकादेखि यो कोरला नाका जोडिसकिएको अवस्था छ । नेपाल आउने अधिकांश पर्यटकहरुमध्ये, जस्तो पोखरा आउने अधिकांश पर्यटकहरु करिव ५० प्रतिशतमध्ये अधिकांश पर्यटक कोरला नाका, मुस्ताङ आउँछन् । त्यसैले पनि पर्यटनको हिसावले पनि यो नाका त्यत्तिकै महत्वपूर्ण छ । व्यवसायिक एक्टिभिटी, ट्रेडको हिसावमा पनि कोरला नाका निकै नै आर्थिक गतिविधि बढाउनका लागि महत्वपूर्ण छ । चीनको तर्फबाट बोर्डरमा पूर्वाधारहरु तयार भएको छ । हाम्रो तर्फबाट पूर्वाधार केही पनि तयार भएको अवस्था रहेनछ । यो दुई देशको बोर्डरमा बेसिक लेभलको इन्फास्ट्रक्चर बनाउनसके कोरला नाकाबाट पर्यटन गतिविधि, व्यापारजन्य क्रियाकलापबाट धेरै फाइदा नेपालले लिनसक्छ । बेसिक स्तरको पूर्वाधार बनाउने कुरा त्यति खर्चिलो हुन्छ जस्तो मलाई लाग्दैन । सरकारले तुरुन्तै यहाँ बेसिक पूर्वाधार बनाउनुपर्छ । यो नाका धेरै प्राथमिकता दिएको नाका हो । निजी क्षेत्रले पनि त्यसरी नै हेरेको छ ।’

अध्यक्ष ढकालले कोरला नाका सरकार र निजी क्षेत्रका साथै दुई छिमेकी देशले पनि विशेष प्राथमिकता दिएको नाका भएको बताए । नेपाल र चीनलाई जोड्ने अहिले सञ्चालनमा रहेका तातोपानी र रसुवा नाका भूगोलका हिसावले कमजोर रहेको र समस्या आइरहने भएकाले कोरला नाकालाई प्राथमिकता दिँदा स्थायी रुपमा पारवहन र व्यापार गर्न सकिने एवं नेपालले अन्य धरै लाभ लिनसक्ने बताए।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार