Nepal Life

नेपाल आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Wed 06:59
नेपाल आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य
Sanima Reliance

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम संचालक समितिको बैठकले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ , डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ वृद्धि गरेको हो । 

NIMB

मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १ सय ५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५८ रुपैयाँ र तेस्रो वर्गमा १५९ रुपैयाँ कायम भएको छ । यस्तै,  डिजेल र मट्टितेल पहिलो वर्गमा १४८ रुपैयाँ ५० पैसा दोस्रो वर्गमा १५० रुपैयाँ र तेस्रो वर्गमा १५१ रुपैयाँ कायम भएको छ ।

निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवासी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई वर्गीकरण गरेको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया