Nepal Life

विदेशमा मृत्यु भए अब १० लाख राहत पाउने, विदेश जानु अगाडी कल्याणकारी कोषमा रकम जम्मा गर्नु पर्ने

Muktinath Bank
  • BFIS News
  • 2024 Oct Thu 06:32
विदेशमा मृत्यु भए अब १० लाख राहत पाउने, विदेश जानु अगाडी कल्याणकारी कोषमा रकम जम्मा गर्नु पर्ने
RBB

काठमाडौं । श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु भएमा आर्थिक सहायतास्वरुप सरकारले परिवारलाई १० लाख रुपैयाँ दिने भएको छ । यसअघि यस्तो रकम ७ लाख थियो ।

NIMB

वैदेशिक रोजगार बोर्डका अनुसार असोज १८ गते मन्त्रिपरिषद्ले वैदेशिक रोजगार नियमावली संशोधन पारित गरेसँगै आर्थिक सहायता रकम वृद्धि गरिएको हो । मन्त्रिपरिषद् बाट निर्णय भएको हुँदा यसको कार्यान्वयन भने बोर्डले गर्नु पर्छ । 

वैदेशिक रोजगार नियमावली २०६४ को छैटौं संशोधन गर्दै आर्थिक सहायता रकम वृद्धि गरिएको हो । वैदेशिक रोजगारीमा गएर विभिन्न कारणले मृत्यु भएका परिवारलाई बोर्डले क्षतिपूर्ति उपलब्ध गराउँदै आएको छ । वैदेशिक रोजगारीमा जानुअघि श्रमिकले कल्याणकारी कोषमा जम्मा गरेको रकम नै उनीहरुले राहतबापत प्राप्त गर्दै आएका छन् ।

सरकारले भने श्रमिकको कल्याणकारी कोषमा जम्मा गएको रकमबाट मृत्युको क्षतिपूर्ति रकम दिने गरेको छ । वैदेशिक रोजगारीमा जानुअघि श्रमिकले कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्छ । २०८० साउनमा श्रममन्त्री शरदसिंह भण्डारीको अध्यक्षतामा बसेको वैदेशिक रोजगार बोर्डको २१ औं बैठकले राहत रकम वृद्धि गर्ने प्रस्ताव गरेको थियो । पछि रकम वृद्धिबारे अध्ययन गर्न श्रम मन्त्रालयका तत्कालीन सचिव केवलप्रसाद भण्डारीको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिले राहत रकम निर्धारण गरेको थियो । पछि पूर्व श्रममन्त्री डीपी अर्यालले पनि राहत रकम वृद्धि गर्ने योजना अघि बढाएका थिए ।

बोर्डले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएमा राहतसँगै श्रमिकको शव नेपाल झिकाउन र शवलाई घरसम्म पुर्याउन, दाहसंस्कारका लागि परिवारलाई २५ हजार र श्रमिकको दुइवटा छोराछोरीलाई छात्रवृत्ति दिँदै आएको छ । खाडी तथा मलेशिया जाने श्रमिकहरुले कोषमा १५०० र जापान, कोरिया, लगायतका मुलुकहरुमा जाँदा २५०० रुपैयाँ जम्मा गर्नुपर्ने बोर्डले जनाएको छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार