Nepal Life

सन नेपाल लाइफले प्राप्त गर्यो आइएसओ मान्यता प्राप्त प्रमाणपत्र, जीवन बीमा कम्पनी मध्ये पहिलो

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Thu 18:13
सन नेपाल लाइफले प्राप्त गर्यो आइएसओ मान्यता प्राप्त प्रमाणपत्र, जीवन बीमा कम्पनी मध्ये पहिलो
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ले UKAS (United Kingdom Accreditation Service) बाट मान्यता प्राप्त Amtivo Limited, UK बाट आइ.एस.ओ / आई.ई.सी २७००१:२०२२ (ISO/IEC 27001: 2022 ) को प्रमाणपत्र प्राप्त गरेको छ।

NIMB

यो मानकले सुचना सुरक्षण व्यवस्थापन प्रणाली (Information Security Management System) मा कम्पनीले आफ्नो हरेक सुचनाहरुको सुरक्षा प्रणालीहरुको अन्तराष्ट्रिय मापदण्ड बमोजिम उचित व्यवस्थापन गरेको छ भन्ने पुष्टि गर्दछ । साथै यस अन्तराष्ट्रिय मापदण्डमा परिभाषित असल अभ्यासहरुको पालना गरेको छ भन्ने कुरा स्पष्ट पार्दछ ।

कम्पनीले जोखिममा आधारित जीवन बीमा व्यवसाय प्रणाली तथा संस्थागत सुशासन सम्बन्धी नियामकिय व्यवस्था प्रभावकारी किसिमबाट पालना गर्न यस किसिमको अन्तराष्ट्रिय मापदण्डको आधारमा ISO / IEC 27001 : 2022 सम्परीक्षण गरेको हो । नेपालको बीमा व्यवसायमा यसरी अन्तराष्ट्रिय मापदण्ड बमोजिम सम्परीक्षण गरी ISO/IEC 27001: 2022 को प्रमाणपत्र प्राप्त गर्ने सन नेपाल लाइफ इन्स्योरेन्स पहिलो र एकमात्र जीवन बीमा कम्पनी हो ।

यसबाट कम्पनीले Risk Based Modality मा हरेक प्रक्रियाहरुमा के कस्ता जोखिमहरु छन्, त्यसको अल्पकालिन तथा दीर्घकालिन प्रभावहरु के हुन सक्छन् यकिन गर्ने र त्यसको नियन्त्रणको लागि First line of Defense बाटै जोखिम न्युनिकरणको रणनीति तयार गर्नेछ ।

ISO / IEC 27001: 2022 को मान्यता प्राप्त गरेसंगै समय समयमा हुने परीक्षणहरुबाट कम्पनीको सुचना सुरक्षण प्रणालीमा नियमित अनुगमन हुनेछ । निरन्तर रुपमा यसको पालना र अभ्यासहरुबाट कम्पनीको सुचना सुरक्षा प्रणाली निरन्तर मजबुत हुँदै जाने कम्पनीले विश्वास लिएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया