Nepal Life

सगरमाथा लुम्बिनीका सिइओ चंकी क्षेत्री एआइआरडिसीको कार्यकारी बोर्ड ट्रस्टीमा चयन

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Thu 19:37
सगरमाथा लुम्बिनीका सिइओ चंकी क्षेत्री एआइआरडिसीको कार्यकारी बोर्ड ट्रस्टीमा चयन
Sanima Reliance

काठमाडौं । विकासशील राष्ट्रहरूको बीमा तथा पुनर्बिमा कम्पनीहरूको साझा संस्था एआइआरडिसीको थाइल्याओडको बैंककमा सम्पन्न २३ औं सम्मेलनले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीलाई कार्यकारी बोर्ड ट्रस्टीमा चयन गरेको छ ।

NIMB

सम्मेलनले प्रेसिडेन्टमा थाइल्याण्डको बैंकङ इन्स्योरेन्स पब्लिक कम्पनीका सिएओ च्याइ सोफोनपोनिचलाई चयन गरेको छ भने जिम्मावेका प्याट्रिक खुसिकेन्यु भाइस प्रेसिडेन्टमा चयन भएका छन् ।

नेपाल बीमक संघका अध्यक्ष समेत रहेका चंकी क्षेत्रीले एक दशकदेखि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व सम्हाल्दै आइरहेका छन् । 

सम्मेलनले फिलिपन्सका एसथर सि टान कार्यकारी सञ्चालन चयन भएकी छिन् । ट्रस्टीमा तान्जानियाका विल्सन, नेपालबाट चंकी क्षेत्री, भारतबाट श्री रामाश्वामी नारायण चयन भएका छन् । एआइआरडिसी एक्जुकेटिभ बोर्ड ट्रस्टीको कार्यकाल आगामी २०२६ सम्म २ वर्षको हुनेछ ।

नेपालबाट यसअघि विजय बहादुर शाहले प्रतिनिधित्व जनाउदै आएका थिए । उनि निवर्तमान कार्यसमिति सहित सन् २०१६–२०१८ मा भाइस प्रेसिडेन्ट र २०१८–२०२० मा प्रेसिडेन्ट भएर काम गरिसकेका थिए । शाहलाई नेपालमा मात्रै होइन एआइआरडिसी राष्ट्रले समेत बिमा विज्ञको रूपमा मान्दै आएको छ । एआइआरडिसीमा ३६ डेभलपमेन्ट देशहरू आबद्ध रहेका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया