Nepal Life

बाढी पहिरोको दाबी भुक्तानीमा शिखर सर्वाधिक अगाडी, ९७ वटा मध्ये ८९ वटा शिखरकै

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Thu 20:38
बाढी पहिरोको दाबी भुक्तानीमा शिखर सर्वाधिक अगाडी, ९७ वटा मध्ये ८९ वटा शिखरकै
Sanima Reliance

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले असोज ११ गतेको अविरल वर्ष पछि आएको बाढी पहिरोका कारण पुर्याएको क्षतिका कारण परेको दाबी मध्ये १७ करोड २८ लाख रुपैयाँ भुक्तानी गरेका छन् । हालसम्म कम्पनीहरुले ९७ वटा मात्रै दाबी भुक्तानी गरेका छन् । जस मध्ये शिखर इन्स्योरेन्स कम्पनी एक्लैले ८९ वटा मार्फत १७ करोड २४ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

NIMB

बाढीका कारण बीमा कम्पनीहरुमा अहिलेसम्म ३२४४ वटा दाबी परेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार बीमा कम्पनीहरुमा ८ अर्ब ९८ करोडको दाबी परेको छ ।

अविरल वर्षको कारणले भएको क्षतिबाट सर्वाधिक धेरै दि. ओरिएन्टल इन्स्योरेन्स क्मपनीमा एक अर्ब ४५ करोडको दाबी परेको छ । कम्पनीमा १७० वटा दाबी परेको बीमा प्राधिकरणले जनाएको छ । संख्याका हिसावले भने सबैभन्दा धेरै सिद्धार्थ प्रिमियरमा ४६१ वटा दाबी परेको छ ।

संख्याका हिसावले दोस्रो नम्बरमा रहेको शिखरमा ४०४ वटा मार्फत ९३ करोड ३६ लाखको दाबी परेको छ । जस मध्ये ८९ वटाको १७ करोड २४ लाखको भुक्तानी गरिसकेको छ । कम्पनीले दाबी भुक्तानीका लागि छुट्टै टाक्स फोर्स नै बनाएको छ । जसले द्रुत गतिमा दाबी भुक्तानीलाई अगाडी बढाइरहेको छ । यसका लागि कम्पनीहरुले सर्भेयरलाई फिल्डमा खटाइरहेका छन् ।

हालसम्म हिमालयन, आइजिआइ प्रुडेन्सियल, सानिमा जिआइसी र प्रभु इन्स्योरेन्सले एक एक वटा मात्रै दाबी तिरेका छन् । त्यस्तै नेकोले भने ४ वटाको दाबी तिरेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार सबैभन्दा धेरै सम्पत्ती बीमामा दाबी परेको छ । १६२० वटा सम्पत्ती बीमा मार्फत ६ अर्ब ६८ करोडको दाबी परेको छ । यस मध्ये ४९ वटाको दाबी भुक्तानी भएको छ । निजी मोटर बीमा तर्फ ८१६ वटा दाबी परेकोमा ३५ वटा सेटल भएको छ । सार्वजनिक मोटर बीमा तर्फ भने ३४० वटा दाबी परेको छ । इन्जिनियरिङ तथा ठेकेदार जीवन बीमामा पनि राम्रै दाबी परेको छ । यस तर्फ एक अर्ब ८४ करोडको दाबी परेको छ ।

शिखरले सकेसम्म पुर्ण रुपमा दाबी भुक्तानी गर्ने प्रयास गरेको छ । तर सबै विवरण प्राप्त भइनसकेको अवस्थामा अग्रिम दाबी भुक्तानी समेत गरिरहेको छ । जिल्लाका हिसावले सबैभन्दा धेरै दाबी काठमाडौं र ललितपुरमा परेको छ । त्यस पछि काभ्रेपलाञ्चोकमा छ । काठमाडौंमा बीमा गर्ने प्रवृत्ती अन्य जिल्लाको तुलनामा धेरै हुने भएकाले पनि दाबी संख्या धेरै देखिएको हो । शहरी क्षेत्र बाहेक काठमाडौं उपत्यका भन्दा बाहिरका ग्रामिण क्षेत्रमा बीमा गर्ने परिपाटी एकदमै कम छ । यसले गर्दा पनि जुन हिसावले क्षति पुर्याएको छ त्यसको अलिकति पनि दाबी भुक्तानीका लागि आवेदन परेको छैन ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया