Nepal Life

अवको ६ महिनामा सुनको भाउ तोलाकै २ लाख नाघ्ने ! पुरानो सुनलाई गालेर नयाँ गहना बनाउने चलन बढ्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Mon 14:07
अवको ६ महिनामा सुनको भाउ तोलाकै २ लाख नाघ्ने ! पुरानो सुनलाई गालेर नयाँ गहना बनाउने चलन बढ्यो
Sanima Reliance

काठमाडौं । नेपालमा सुनको भाउ अवको ६ महिना भित्रमा २ लाख रुपैयाँ नाघ्ने प्रक्षेपण गरिएको छ । पछिल्ला दिनमा सुनको भाउले नयाँ नयाँ रेकर्ड कायम गर्दै गर्दा यसको निरन्तता अझै लामो समय लम्बिने विश्लेषण गरिएको हो ।

NIMB

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले हरेक दिन नयाँ रेकर्ड कायम राख्ने क्रम जारी रहेको हुँदा यहि गतिमा बढ्दै जाने हो भने नेपालमा पनि अवको ६ महिना भित्रमा २ लाख रुपैयाँ पुग्ने आकलन गरिएको छ ।

सुनको भाउ पुर्ण रुपमा अन्तर्राष्ट्रिय बजारमा निर्भर छ । विशेष गरि हिजो आज भइरहेको इरानको युद्धले सुनको भाउ बढाउन ठुलो मद्दत गरिरहेको छ । इजराइल र इरान विच चर्कीएको युद्धमा प्यालेस्टाइनका ठुलै नेताको मृत्यु भएको छ । यसले विश्व बजारमा सुनको भाउको बढावालाई मलजल गरिरहेको विश्लेषकहरु बताउछन् ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्नुको अर्को कारण अमेरिका तथा युरोपका बैंकहरुले व्याजदर घटाउनु पनि हो । अमेरिकाले गत सेप्टेम्बर १७ तारिखमा व्याजदर ५.७५ प्रतिशतबाट ५ प्रतिशतमा झारेको छ । त्यस्तै युरोपियन मुलुकहरुले ३.५ प्रतिशतमा झारेका छन् । यस सँगै सुनको माग ह्वात्तै बढ्न पुगेको हो ।

पछिल्लो समय ५५ वटा भन्दा धेरै देशले आर्थिक कमिटी गठन गरि डलरलाई नचलाउने र आफ्नै छुट्टै मुद्रामा कारोबार गर्ने सहमति गरेका कारणले पनि आगामी दिनमा सुनको भाउ अझै महंगिने अध्यक्ष रसाइलीको विश्लेषण छ । यसका लागि ति मुलुकहरुले ठुलो मात्रामा सुनको सञ्चिति बढाउनु पर्छ । यस्तो भयो भने आगामी दिनमा सुनको भाउ अझै बढाउन मद्दत गर्नेछ ।  

विश्व अर्थतन्त्रमा उदयीमान राष्ट्र चीन र भारत सँगै रुसले पछिल्ला दिनमा सुन खरिद गरेर आफ्नो सञ्चितीलाई बढाइरहेका छन् । उनिहरुले आफ्नो मुद्रालाई बलियो बनाउन सुनको सञ्चिती बढाएका हुन् । यस सँगै चीनले पनि विश्व बजारमा बिक्री गर्दै आएको सुनलाई प्रतिवन्ध लगाउदै आइरहेको छ । एकातिर निर्यात रोक्ने अर्को तर्फ विश्व बजारबाट पनि खरिद गर्ने परिपाटीले सप्लाइ चेन ब्रेक भएको छ ।

विश्व बजारमा सुनको भाउ प्रति औन्स ७४० डरले बृद्धि भएको छ । सन् २०२४ मा सुनको बृद्धिदर विगत दुई दशक यताकै सर्वाधिक धरै छ । सन् २०२४ मा मात्रै ३९ प्रतिशतले बढेको छ । जवकी वार्षिक बृद्धिदर ११.४ प्रतिशत मात्रै रहेको छ । आजका दिनमा प्रति औन्स २७२६ डलरमा कारोबार भइरहेको छ ।   

देश भित्रको कारोबार

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुनचादीको कारोबार गएका वर्षको तुलनामा निकै कम छ । अहिले विशेष गरी गैर आवासिय नेपाली 'एनआरएन'हरु नेपाल आउने र सुन किन्ने ट्रेण्ड बढेकाले आन्तरिक खपत बढिरहेको अध्यक्ष अर्जुन रसाइलीले जानकारी दिए । उनले भने 'यसले आन्तरिक कारोबार बढाएको छ । विदेशीएका नेपालीहरुले विदेशमा खासै राम्रो गरगहना खरिद गर्न पाउदैनन । त्यसमा पनि नेपालीपन झल्किने गहना विदेशमा पाइदैन । नेपालको आफ्नै डिजाइन छ । हाम्रो संस्कृति अनुसार विवाह ब्रतबन्ध लगायतका अवसरमा लगाउने गहना खरिदका लागि पनि विदेशीका नेपालीहरु नेपाल आउछन् ।'

विदेशमा बन्ने गहना २२ क्यारेटमा मात्रै बन्छन् तर नेपालमा २४ क्यारेटमा बन्छन् । अहिले कसैको घरमा विवाह भयो भने दुलहीलाई मात्रै गहना खरिद गरिदैन परिवारका अन्य सदश्यहरुलाई पनि खरिद गरिने भएकाले माग राम्रो भएको व्यवसायी बताउछन् । यसले गर्दा सिजनको समयमा नेपालमा सुनको व्यापार एकदमै राम्रो छ ।

आन्तरिक खपत आन्तरिक बजारबाटै

दशै तिहारको समयमा विदेशिएका नेपाली घरमा आउदा बैधानिक रुपमा २० देखि २५ ग्राम सुन ल्याउन पाउछन् । यस्तो सुन दैनिक १० किलो भन्दा माथि आयात हुने व्यवसायीको अनुमान छ । विदेशबाट नेपालीहरुले बेरुवा औठी, सिक्री मार्फत भन्सार छुटको सुन ल्याउने गर्छन् ।

यसका साथै पुरानो सुनलाई ल्याउने र त्यसलाई गलाएर अन्य गहना बनाउने परिपाटी पनि बढेको अध्यक्ष रसाइलीले बताए । व्यवसायीका अनुसार अहिले पनि बजारमा १२ देखि १५ किलो सुनको कारोबार भइरहेको छ ।

भन्सार बढाउदा राज्यलाई करोडौ घाटा

सरकारले सुनको भन्सारदर बढाउदा व्यवसायीहरुले बैंकबाट सुन उठाइरहेका छैनन् । चालु आर्थिक वर्षको बजेटमा सुनको भन्सारदर १५ प्रतिशतबाट २० प्रतिशत पुर्याइएको थियो । यस सँगै व्यवसायीहरुले महंगो भन्सार तिरेर आयात गरिएको सुन खरिद गर्नै छाडिदिदा सरकारलाई करोडौको राजश्व घाटा लागेको छ । व्यवसायीहरुले बैंकहरुको अनुरोधमा स्टक २०० किलो सुन खरिद गरिदिएर अव नयाँ सुन आयात नगर्न अनुरोध समेत गरेका थिए ।

भारतले सुनको भन्सारदर १५ प्रतिशतबाट ६ प्रतिशतमा झारे सँगै व्यवसायीहरुले खुला सिमानाको फाइदा उठाउदै भारतबाटै आयात हुने सुनको प्रयोग गरिरहेका छन् । साथ साथै विदेशबाट आउदा वैधानिक रुपमै २०/२५ ग्राम सुन ल्याउन पाउने भएकाले यसबाट पनि व्यवसायीले राम्रो जोहो गरिरहेका छन् ।

एकातिर भारतले भन्सादर घटाउने अर्को तर्फ नेपालले बढाउदा व्यवसायीहरुले चर्को विरोध जनाउदै आइरहेका छन् । उनिहरुले सरकारसँग पटक पटक छलफल पनि गरिसकेका छन् । सरकारले बजेटलाई तीन महिनासम्म चलाउन नपाउने भएकाले कार्तिक महिनामा भन्सारदर घटाउने आश्वासन दिएको अध्यक्ष रसाइलीले जानकारी दिए । उनले भने 'सरकारले हामीलाई कार्तिक १० गते भित्र भन्सार दर घटाउने प्रतिवद्धता व्यक्त गरेको हुँदा छिट्टै यस्तो समस्या निराकरण हुने विश्वास गरेका छौ ।' महासंघले भन्सारदर ८ प्रतिशतमा झार्न अनुरोध गर्दै आइरहेका छन् । उनिहरुले भारतको भन्सारदर सँग मेल खाने गरि घटाउन अनुरोध गर्दै आएका छन् ।

महासंघले भन्सादर नघटेसम्म बैंक सँग सुन खरिद नगर्ने निर्णय गरे सँगै देशभरबाट व्यवसायीहरुले यसको तत्काल व्यवस्थापन गर्न दवाव समेत दिदै आएका छन् । नजिकिएको तिहारमा सुनको माग कसरी पुरा गर्ने भन्दै व्यवसायीहरुले महासंघ सँग प्रश्न गर्दै आइरहेका छन् । महासंघले अहिलेका लागि आफु सँग भएको स्टक सुन र आन्तरिक बजारबाटै माग धान्न समेत अनुरोध गरिसकेका छन् । यदि सरकारले भन्सादर दर घटायो भने यि सबै समस्या घट्ने रसाइली बताउछन् । यदि भन्सार घट्यो भने आयातको कोटा समेत बढाउनु पर्ने उनि बताउछन् । नेपाल यस्तो देश हो सुनको भाउ जति सुकै आकासिए पनि माग भने खासै घटेको छैन ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया