Nepal Life

मौसममा सुधार हुँदै, आइतबार थप सुधारको अनुमान

NMB Bank
  • BFIS News
  • 2025 Nov 01 23:21
मौसममा सुधार हुँदै, आइतबार थप सुधारको अनुमान
National Life

काठमाडौँ, कात्तिक १५ गते। जल तथा मौसम विज्ञान विभागले देशभरको मौसम क्रमशः सुधार हुँदै गएको र आइतबार थप सुधार हुने जनाएको छ।

Shikhar
NIMB

विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार, आज बिहान देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भए पनि अपराह्नबाट क्रमशः मौसम खुल्दै गएको छ। साँझसम्म देशका अधिकांश ठाउँमा वर्षा रोकिएको र मौसममा सुधार देखिएको अधिकारीले जानकारी दिनुभयो।

बङ्गालको खाडीमा विकसित ‘मोन्था चक्रवात’ को प्रभाव नेपालबाट हटिसकेको भए पनि अहिले देशमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको असर कायम छ। यही कारण आज पनि विभिन्न ठाउँमा वर्षा भएको उहाँले बताउनुभयो।

अधिकारीका अनुसार यो अवस्था क्रमशः सुधार हुँदै गएको छ र आइतबार भने आजको तुलनामा धेरै नै सुधार हुने अनुमान गरिएको छ।

हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणदेखि अधिकांश बदली रहेको छ भने बाँकी प्रदेशहरूमा आंशिक बदली छ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ।
यी क्षेत्रका दैनिक जनजीवन, पर्वतारोहण, कृषि तथा पर्यटन क्षेत्रमा केही असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।

यसपालि ‘मोन्था चक्रवात’ सँगै अरब सागरबाट विकसित प्रणाली र पश्चिमी वायुका कारण देशका धेरै ठाउँमा अविरल वर्षा हुँदा ठूलो क्षेत्रको धानबालीमा क्षति पुगेको छ।
त्यस्तै, भारी हिमपातका कारण उच्च हिमाली क्षेत्र र पदयात्रा (trekking) गतिविधि प्रभावित भएका छन्।

कात्तिक १३ गतेदेखि लगातार भइरहेको वर्षाले जनजीवन प्रभावित बनेको भए पनि शनिबारदेखि सुधारको क्रम सुरु भइसकेको र आइतबार देशभर मौसम खुल्ने सम्भावना रहेको विभागको निष्कर्ष छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया