Nepal Life

प्राधिकरणले विद्युत खरिद नगर्दा लिवर्टी इनर्जीलाई ११ करोड नोक्सान, बैंकको व्याज तिर्न नसक्दा हर्जनाको मार

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Fri 12:53
प्राधिकरणले विद्युत खरिद नगर्दा लिवर्टी इनर्जीलाई ११ करोड नोक्सान, बैंकको व्याज तिर्न नसक्दा हर्जनाको मार
Sanima Reliance

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कारण लिवर्टी इनर्जी कम्पनीले ११ करोड घाटा बेहोर्नु परेको छ । विद्युत प्राधिकरणले असार र साउन महिनामा उत्पादन भए जति विद्युत खरिद नगर्दा कम्पनीले ११ करोड हाराहारीको आम्दानी गुमाउनु परेको कम्पनीका अध्यक्ष डा. आत्मराम घिमिरेले जानकारी दिए ।

NIMB

उनले भने ‘प्राधिकरणले असार महिनामा कुल उत्पादनको ४४ प्रतिशत र साउन महिनामा ३६ प्रतिशत मात्रै खरिद गरेको छ । भदौमा अहिलेसम्मको अवस्थालाई हेर्दा २० प्रतिशत पनि खरिद नगर्ने देखिएको छ ।’

विद्युत प्राधिकरणले लिवर्टी जस्ता २० वटा भन्दा धेरै आयोजनाको विद्युत खरिद गर्न सकेको छैन । मर्स्याङ्दी करिडोरमा रहेका ङ्यादी लगायतका केहि आयोजनामा समस्या छ । त्यस्तै दोर्दी करिडोरका ४ वटै आयोजनामा समस्या देखिएको छ । प्राधिकरणले १० मेगावाट भन्दा कम क्षमताका आयोजनाको ६/७ मेगावट खरिद गरेको छ भने २५ मेगावाट क्षमताका आयोजनाको पनि ६/७ मेगावाट मात्रै खरिद गर्दा ठुला आयोजनाहरु ठुलो समस्यामा परेका हुन् ।

साना आयोजनाले लगभग ७०/८० प्रतिशत विद्युत बिक्री गर्दा सामान्य खर्च धान्न सक्छन् । तर २०/३० मेगावाटका आयोजनाको पनि ६/७ मेगावाट मात्रै खरिद गर्दा सामान्य खर्च समेत धान्न नसक्ने अवस्था रहेको घिमिरेले बताए । प्राधिकरणले यसरी ५० देखि ७०/८० प्रतिशत विद्युत खरिद नगरिदिदा धेरै वटा आयोजनाको आम्दानीमा ठुलो गिरावट आएकव छ ।

लिवर्टीले २ करोड खर्च गरेर गएको मंसिरमै मसर्याङ्दी करिडोरमा विद्युत पुर्याएको थियो । कम्पनीले नजिककैको सब स्टेसनबाट बिद्युत खरिद गर्दैन भनेर यस्तो जुक्ति लगाए पनि कम्पनीले अन्तत ठुलो नोक्सानी बेहोर्नु परेको छ । प्राधिकरणले पछिल्लो समय भारतमा विद्युत बिक्री गर्न सकेको छैन । यसले गर्दा प्राधिकरणले विद्युत खरिद नगरि बसेको छ ।

प्राधिकरणको बजार मनोपोले भएकाले पनि हाइड्रो डेभलपरहरु समस्यामा परेका हुन् । आयोजनाले निर्माण सम्पन्न गर्दा नै विद्युत प्राधिकरणले सबै प्रसारण लाइन निर्माण भइसकेको छैन त्यसले एक दुई महिनाका लागि वैकल्पिक व्यवस्था अनुसार विद्युत प्रासारण गर्न अनुरोध गर्यो ।

सुख्खा समयको विद्युत किन खेर फाल्नु भनेर कम्पनीले प्राधिकरणलाई बिक्री गर्यो । प्राधिकरणले असार महिनासम्मा पुर्ण रुपमा खरिद गर्ने मौखिक सहमति जनाएको थियो । तर भदौ लागिसक्दा पनि प्राधिकरणले वास्ता गरेको छैन । यस अवधिमा ११ करोड नोक्सानी बेहोर्नु परेको भन्दै अध्यक्ष घिमिरेले बैंक व्याज धान्नै नसक्ने अवस्था आएको बताए । यदि विद्युत प्राधिकरणले सुनुवाइ नगरे कम्पनीले अदालतको ढोका ढकढकाउने योजना बनाएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया