Nepal Life

शेयर बजारका सर्वाधिक ठुला १० जलविद्युत कम्पनी, हेर्नुहोस् सबैभन्दा महंगा र सस्ता हाइड्रोपावर (सूचिसहित)

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Wed 22:01
शेयर बजारका सर्वाधिक ठुला १० जलविद्युत कम्पनी, हेर्नुहोस् सबैभन्दा महंगा र सस्ता हाइड्रोपावर (सूचिसहित)
National Life

काठमाडौं । दोस्रो बजारमा जलविद्युत कम्पनीहरु पनि लगानीकर्ताको सर्वाधिक रोजाइमा पर्न थालेका छन् । अहिलेको अर्थतन्त्रमा एउटा कुनै क्षेत्रले कन्फिडेन्स बढाएको छ भने त्यो हाइड्रोपावर मात्र हो । होटल तथा पर्यटन क्षेत्रले खासै उत्साह ल्याउन सकेको छैन । बैंक वित्तीय संस्थाहरु पनि समस्यामा छन् ।

NIMB

यस्तो संकटको समयमा निश्चित आम्दानी गर्ने जलविद्युत कम्पनीको भ्यालु धेरै देखिने गरेको छ । शेयर बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा चिनिन्छ । जसले बजारलाई कुनै न कुनै हिसावले प्रतिविम्बित गरिरहेको हुन्छ । अहिलेको अवस्थामा जलविद्युत कम्पनीले खासै आकर्षक प्रतिफल दिन नसके पनि जलविद्युत कम्पनीको आम्दानी मुनाफा तथा वित्तीय विवरण हेरेरै लगानीकर्ताले लगानी गरिरहेका छन् ।

अहिले दोस्रो बजारमा ९१ वटा जलविद्युत कम्पनी सूचीकृत छन् । अझै सयौ जलविद्युत कम्पनीले आइपिओ निष्काशन गरेर दोस्रो बजारमा सूचिकृत हुने योजना बनाएका छन् । पूँजीका हिसावले सबैभन्दा ठुलो कम्पनी अपर तामाकोशी हाइड्रोपावर रहेको छ । जसको चुक्ता पूँजी २१ अर्ब १८ करोड रहेको छ ।

त्यस्तै सर्वाधिक महंगो शेयर मूल्य कुथेली बुखेरी स्मल हाइड्रोपावरको २७८९ रुपैयाँ रहेको छ । सबैभन्दा सस्तो शेयर मूल्य आखु खोला हाइड्रोपावर कम्पनीको २१० रुपैयाँ रहेको छ ।

सर्वाधिक ठुला १० कम्पनी

बजार पूँजीकारणका हिसावले  सबैभन्दा ठुलो कम्पनी चिलिमे जलविद्युत कम्पनी रहेको छ । कम्पनीको बजार पूँजीकरण ४६ अर्ब ७० करोड रुपैयाँ रहेको छ । चुक्ता पूँजी ७ अर्ब ९८ करोड रुपैयाँ रहेको चिलिमेको शेयर मूल्य ५८५ रुपैयाँ छ । सर्वाधिक धेरै पूँजी भएको अपर तामाकोशीको बजार पूँजीकरण भने ४६ अर्ब १३ करोड मात्रै छ । शेयर मूल्य २१७ रुपैयाँ मात्रै रहेकोले कम्पनीले २१ अर्ब १८ करोड हुँदा पनि पूँजीकरणका हिसावले निकै कम देखिएको हो ।

बजार पूँजीकरणक हिसावले तेस्रो ठुलो कम्पनी रसुवागढी रहेको छ । चुक्ता पूँजी ६ अर्ब १५ करोड र शेयर मूल्य ४१६ रुपैयाँ रहेको रसुवागढीको बजार पूँजीकरण भने २५ अर्ब ४० करोड रहेको छ । चौथो ठुलो कम्पनी पिपुल्स पावरको बजार पूँजीकरण २१ अर्ब २४ करोड रहेको छ । कम्पनीको चुक्ता पूँजी तीन अर्ब २० करोड छ भने शेयर मूल्य ६६४ रुपैयाँ छ ।

पाचौ नम्बरमा रहेको मध्य भोटेकोशीको चुक्ता पूँजी ६ अर्ब रहेको छ भने बजार पूँजीकरण २१ अर्ब १३ करोड रहेको छ । शेयर मूल्य ३५२ रुपैयाँ छ । साहस उर्जा पनि सर्वाधिक धेरै बजार पूँजीकरण हुने छैठौ नम्बरमा पर्छ । कम्पनीको बजार पूँजीकरण २० अर्ब ७८ करोड छ भने चुक्ता पूँजी ३ अर्ब ७८ करोड छ । कम्पनीको मुनाफादेखि वित्तीय अवस्था एकदमै राम्रो छ ।

सानिमा माइ हाइड्रोपावरको चुक्ता पूँजी ३ अर्ब ३९ करोड छ भने बजार पूँजीकरण १९ अर्ब ३३ करोड पुगेको छ । सुपर मादी हाइड्रोपावरको चुक्ता पूँजी २ अर्ब २० करोड छ भने बजार पूँजीकरण १८ अर्ब ४६ करोड छ । अपि पावर पनि टप टेन कम्पनी भित्र पर्छ । चुक्ता पूँजी ६ अर्ब ७ करोड रहेको अपि पावरको बजार पूँजीकरण भने १८ अर्ब ३४ करोड रहेको छ । ग्रिन भेन्चरको चुक्ता पूँजी ३ अर्ब १२ करोड छ भने बजार पूँजीकरण १७ अर्ब ६५ करोड रहेको छ ।

सर्वाधिक महंगा १० कम्पनी

सूचीकृत जलविद्युत कम्पनी मध्ये सबैभन्दा महंगो शेयर मूल्य कुथेली बुखेरी स्मल हाइड्रोपावरको २७८९ रुपैयाँ छ । चुक्ता पूँजी १२ करोड १८ लाख रुपैयाँ मात्रै छ । दोस्रो बजारमा शेयर सप्लाइ निकै कम भएकाले पनि कम्पनीको शेयर मूल्य बढेको हो । दोस्रो धेरै सुपर माई हाइड्रोपावर कम्पनीको पनि शेयर मूल्य १२१५ रुपैयाँ छ । कम्पनीको चुक्ता पूँजी ५० करोड रुपैयाँ छ । 

तेस्रो ठुलो महंगो भगवती हाइड्रवपावर कम्पनीको शेयर मूल्य ९९३ रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पूँजी ५९ करोड ४९ लाख रुपैयाँ छ । चौथो मिड सोलु हाइड्रोपावरको शेयर मूल्य ९३३ रुपैयाँ छ । रावा इनर्जीको शेयर मूल्य ९३२ रुपैयाँ छ । जवकी चुक्ता पूँजी २८ करोड मात्रै छ । माण्डू हाइड्रोपावरको शेयर मूल्य ९२९ रुपैयाँ छ । कम्पनीको चुक्ता पुँजी एक अर्ब ३६ करोड छ । शुभवको ९१९ रुपैयाँ, थ्रि स्टारको ८९० रुपैयाँ, सुपर मादी हाइड्रोपावरको ८५५ रुपैयाँ, मन्दाकिनी हाइड्रोपावरको ७९२ रुपैयाँ रहेको छ ।

सर्वाधिक सस्ता १० कम्पनी

सबैभन्दा सस्तो शेयर मूल्य आखुखोला हाइड्रोपावरको २१० रुपैयाँ रहेको छ । दोस्रो सस्तो शेयर मूल्य हिमाल दोलखाको छ । हिमाल दोलखाको शेयर मूल्य २१४ रुपैयाँ छ । तेस्रो सस्तो शेयर मूल्य अपर तामाकोशीको २१७ रुपैयाँ छ । त्यस्तै अन्य कम्पनीहरु हिमालयन उर्जा विकासको २२० रुपैयाँ, नेशनल हाइड्रोपावरको २२७ रुपैयाँ, घलेम्दी हाइड्रोपावरको २२८ रुपैयाँ, शिव श्रीको २३२, लिवर्टी इनर्जीको २३४ रुपैयाँ, रिडी पावरको २४५ रुपैयाँ र सिंगटी हाइड्रोको २६० रुपैयाँ छ ।

हाइड्रोपावरको शेयर मूल्यमा चुक्ता पूँजी र पछिल्लो वित्तीय अवस्थाले सबैभन्दा धेरै प्रभाव पार्ने गरेको छ । अपर तामाकोशीको गएको असोज ११ र १२ गते गएको बाढी पहिरो पछि विद्युत उत्पादन ठप्प छ । यसले गर्दा शेयर मूल्यमा पनि अत्याधिक गिरावट आएको छ । नोक्सानबाट नाफामा देखिन थालेका कम्पनीको शेयर मूल्यमा पनि क्रमिक सुधार देखिन्छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार