नेपाल लाइफको मुनाफा ३० प्रतिशतले बढ्यो, जीवन बीमा कोषमा २ खर्ब १० अर्ब नाघ्यो, हरेक सूचकमा सुधार
- BFIS News
- 2024 Nov Thu 10:00
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २० करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३०.०६ प्रतिशतले धेरै हो । गत वर्ष यस कम्पनीले १५ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि २४.४३ प्रतिशत बढेर ४ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । यता, खुद बिमा शुल्क आर्जन ९.१४ प्रतिशतले बढेर ११ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । जीवन बिमा कोषको आकार २ खर्ब १० अर्ब ७९ करोड रुपैयाँ भन्दा धेरैको छ ।
चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ रहेको यसको रिटेन्ड अर्निङमा ७१ करोड १९ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ १ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ९९ पैसा छ ।
प्रतिक्रिया