Nepal Life

सन नेपाल लाइफको जीवन बीमा कोष ८ अर्ब २४ करोड नाघ्यो, मुनाफा सँगै हरेक सूचकमा सुधार

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Sat 11:40
सन नेपाल लाइफको जीवन बीमा कोष ८ अर्ब २४ करोड नाघ्यो, मुनाफा सँगै हरेक सूचकमा सुधार
National Life

काठमाडौं । कार्तिक ३०, जीवन बीमा शुल्क आर्जनका हिसावले सधै पछाडि देखिने सन नेपाल लाइफको जीवन बीमा कोष भने मजबुद बन्दै गइरहेको छ । अन्य कम्पनीको तुलनामा सन नेपालमा सरेण्डर एदमकै कम छ । जसले गर्दा जीवन बीमा कोषमा ८ अर्ब २४ करोड नाघेको छ । 

NIMB

कम्पनीले गत वर्षको तुलनामा ९.८५ प्रतिशतले सुधार गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीको जीवन बीमा कोषमा ७ अर्ब ५० करोड रुपैयाँ थियो । 

कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १६ करोड ६१ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षमा कम्पनीले १६ करोड ५३ लाख २७ हजार रुपैयाँ नाफा गरेको थियो । कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९६ करोड रहेको छ भने जगेडा कोषमा ६९ करोड ३२ लाख रुपैयाँ रहेको छ भने प्रिमिमयम मार्फतको जगेडा कोषमा एक अर्ब २६ करोड छ । कम्पनीले यो रकम सुरक्षित राख्ने योजना बनाएको छ । 

समिक्षा अवधिमा कम्पनीको कुल दाबी भुक्तानी ५१.२२ प्रतिशतले बढेर १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । साथै, कम्पनीको हाल कायम बीमा पोलिसि सख्या ८ लाख ३४ हजार ३३ वटा रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) १६ रुपैयाँ ७८ पैसा, प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ८२ पैसा रहेको छ । कम्पनीले आगामी त्रैमाशमा यो भन्दा अझ सुधारै गर्दै व्यवसायिक लक्ष हासिल गर्दै जाने प्रतिवद्धता जनाएको छ । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया