Nepal Life

आइएमई लाइफको मुनाफा ११.२२ प्रतिशतले बढ्यो, जीवन बीमा कोष ४२.७२ प्रतिशतले बढेर १० अर्ब नाघ्यो

National Life
  • BFIS News
  • 2024 Nov Sat 11:53
आइएमई लाइफको मुनाफा ११.२२ प्रतिशतले बढ्यो, जीवन बीमा कोष ४२.७२ प्रतिशतले बढेर १० अर्ब नाघ्यो
RBB

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा ११.२२ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । कम्पनीले असोज मसान्तसम्ममा १४ करोड ५० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले १३ करोड ३ लाख रुपैयाँ आर्जन गरेको थियो । 

NIMB

कम्पनीको जीवन बीमा कोष ४२.७२ प्रतिशतले बढेर १० अर्ब ७ करोड पुर्याएको छ । गत वर्षको यहि अवधिमा जीवन बीमा कोषमा ७ अर्ब ५ करोड मात्रै थियो । एक वर्षमै कम्पनीले जीवन बीमा व्यवसायमा आक्रामक सुधार गर्दै कोषमा उल्लेख्य मात्रामा बृद्धि गर्न सफल भएको हो । 

कम्पनीले समिक्षा अवधिमा एक अर्ब १६ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा एक अर्ब ३ करोड रुपैयाँ आर्जन गरेको थियो । 

कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ छ। कम्पनीले पहिलो त्रैमाससम्म रिटेन्ड अर्निङमा १ अर्ब २३ करोड ३१ लाख रुपैयाँ, महाविपत्ति कोषमा १९ करोड ४१ लाख रुपैयाँ र शेयर प्रिमियममा ५२ करोड ३८ लाख रुपैयाँ सञ्चित गरेको छ।

नाफा वृद्धि भए तापनि कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) भने १ रुपैयाँ ४४ पैसाले घटेको छ। गत आवको पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ४ पैसा रहेकोमा चालू आवमा घटेर ११ रुपैयाँ ६० पैसामा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ६६ पैसा छ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार