रिलायबल नेपाल लाइफको मुनाफा सँगै हरेक सूचकमा सुधार, मुनाफा ६७ प्रतिशतले बढ्दा इपिएस १७ रुपैयाँ
- BFIS News
- 2024 Nov Sat 12:35
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हरेक सूचकमा उल्लेख्य सुधार गरेको छ । चुक्ता पूँजी सँगै मुनाफा ६७ प्रतिशतले बढाएको कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ पुगेको छ ।
रिलायबलले चालु वर्षको पहिलो त्रैमाशिक अवधिमा १९ करोड ९३ लाख ८८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ११ करोड ९४ लाख ३ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
कम्पनीको जीवन बीमा कोष १० अर्ब ९९ करोड पुगेको छ । गत वर्षको भन्दा ९.४० प्रतिशतले बढेको जीवन बीमा कोष गएको वर्ष १० अर्ब ५ करोड थियो ।
कम्पनीले चालु वर्ष १ अर्ब २० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष कम्पनीले १ अर्ब १ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको बीमाशुल्क आर्जन १९ प्रतिशतले बढेको हो ।
तीन महिनाको अवधिमा कम्पनीको दाबी भुक्तानी १२.६५ प्रतिशतले बढेको छ भने लगानी तथा कर्जा ४६ प्रतिशतले बढेको छ । ४ अर्ब ६४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ १९ पैसा छ ।
प्रतिक्रिया