सिटिजन लाइफ हरेक सूचकमा आक्रामक, नाफा ८३ प्रतिशतले बढ्यो, जीवन बीमा कोष
- BFIS News
- 2024 Nov Sat 12:52
काठमाडौं । कार्तिक ३०, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी हरेक सूचकमा आक्रामक देखिएको छ । नयाँ जीवन बीमा कम्पनी मध्ये सबैभन्दा आक्रामक सिटिजन लाइफले जीवन बीमा कोषमा पनि उल्लेख्य सुधार गर्न सफल भइसकेको छ ।
कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा ८३.१५ प्रतिशतले सुधार गरेको छ । सिटिजन लाइफले असोज मसान्तसम्ममा १३ करोड ९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ७ करोड १४ लाख रुपैयाँ थियो ।
कम्पनीले जीवन बीमा कोष ९ प्रतिशतले बढाएको छ । समिक्षा अवधिमा जीवन बीमा कोषमा १५ अर्ब ७४ करोड पुगेको छ । गत वर्षको यहि अवधिमा १४ अर्ब ४४ करोड थियो ।
आइपिओ निष्काशन पछि चुक्ता पूँजी बढाउदा पनि कम्पनीले नाफामा उल्लेख्य सुधार गर्दा प्रतिशेयर आम्दानी पनि बढाउन सफल भएको छ । कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी ७ रुपैयाँबाट १३.३० रुपैयाँ पुगेको छ ।
कम्पनीले प्रिमियममा आइपिओ निष्काशन गरेर जगेडा कोषमा एक अर्ब ५५ करोड रुपैयाँ रहेको छ । अभिकर्ताले १६ करोड ६९ लाख रुपैयाँ कमिशन प्राप्त गरेका छन् ।
प्रतिक्रिया