Nepal Life

राम बहादुर ओलीको घरमा पुगेर पेशागत बीमा अभिकर्ता संघद्धारा समवेदना प्रकट, तुलसीपुरमा श्रद्धान्जली सभा

National Life
  • BFIS News
  • 2024 Nov Sat 15:03
राम बहादुर ओलीको घरमा पुगेर पेशागत बीमा अभिकर्ता संघद्धारा समवेदना प्रकट, तुलसीपुरमा श्रद्धान्जली सभा
RBB

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ तथा बीमक समिति नेपाल लाइफले बरिष्ठ बीमा अभिकर्ता राम बहादुर ओलीको अकल्पनीय दुःखद निधनमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपुर्ण श्रद्धान्जली सभा सम्पन्न गरेको छ । संघका प्रतिनिधिहरु मृतक ओलीको परिवारजनमा समवेदना प्रकट गर्दै तुलसीपुर पुगेका थिए ।

NIMB

अभिकर्ताहरुले नेपाल लाइफको तुलसीपुर शाखामा श्रद्धान्जली सभासमेत सम्पन्न गरेका छन् । सभामा पेशागत बीमा अभकर्ता संघका महासचिव ओम केसी लगायतका पदाधिकारीहरुको उपस्थिति थियो । त्यस्तै पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारी लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । बीमक समिति नेपाल लाइफको प्रदेश नम्बर ३, ५ र ६ का पदाधिकारिहरु सहित कुल १५० जना भन्दा धेरैको उपस्थिति रहेको थियो ।  

नेपाल लाइफका बरिष्ठ एजेन्सी म्यानेजर राम बहादुर ओलीको कार्तिक २५ गते ४० वर्षको उमेरमा अकल्पनिय दुःखद निधन भएको थियो । ओली चार पटक एमडिआरटी र एक पटक सिओटी बनिसकेका छन् । सामान्य विरामीका क्रममा अस्पताल पुगेका ओलीको दुःखद निधन भएको थियो । उनको श्रीमति सहित दुई छोरा र एक छोरी रहेका छन् ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया