Nepal Life

ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती रकम लिने कार्यमा संलग्न चार जना पक्राउ, काभ्रेका सत्याल सहित तीन जना बन्धक

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Sun 06:09
ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती रकम लिने कार्यमा संलग्न चार जना पक्राउ, काभ्रेका सत्याल सहित तीन जना बन्धक
Sanima Reliance

काठमाडौं । ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती रकम लिने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा धनकुटा महालक्ष्मी नगरपालिका-५ का ३२ वर्षीय शिव राज कुँवर, काठमाडौं तार्केश्वर नगरपालिका-५ कुमालटार बस्ने ५६ वर्षीय रामेश्वर अर्याल, कपिलवस्तु शिवराज नगरपालिका-१ का ३२ वर्षीय प्रकाश बेलाबासे र पर्वत फलेवास नगरपालिका-१ शंखपोखरी का ४२ वर्षीय दिल बहादुर थापा रहेका छन् ।

नेपालबाट सिजनल भिषामा वैदेशिक रोजगारीका सिलसिलामा गत जेठ १२ गते सर्बिया गएका १ जना महिला र २ जना पुरूषहरूले सर्बियामा चित्तबुझ्दो रोजगार तथा तलब सुविधा नपाएपछि लुकिछिपी गीस प्रवेश गर्ने क्रममा उनीहरुलाई केही व्यक्तिहरूले अपहरण गरी, डोरीले बाधी शारीरिक तथा मानसिक यातना र डर त्रास देखाई १५ हजार युरो फिरौती माग गरेको उजुरीको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजंगजबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

गएको जेठ महिनामा मोरङ रंगेली न.पा.-२ बस्ने यदुराज थापाको छोरी वर्ष २५ कि सबित्रा थापा, उदयपुर, त्रियुगा न.पा.-३ बस्ने तिलक बहादुर कार्कीको छोरा कृष्ण कार्की र जिल्ला काभ्रेपलाञ्चोक नमोबुद्ध न.पा.-१ मथुरापाटी बस्ने बर्ष ३० को पोखनाथ सत्यालको छोरा राजन सत्याल एक साथ नेपालबाट सिजनल भिषामा वैदेशिक रोजगारको सिलसिलामा सर्विया गएका थिए ।

थप अनुसन्धानको क्रममा ग्रिस तथा दुवईबाट ह्वटस् एपमार्फत पीडित परिवारहरूलाई सम्पर्क गरी नेपाली २१ लाख ७५ हजार रुपैयाँ फिरौती रकम नेपालमा लिने कुँवरलाई गौरिघाटबाट भदौ २ गते, नेपालमा फिरौती लिएको रकम कुँवरसँग लिन सम्पर्क भएका अर्याललाई काठमाडौं तार्केश्वरबाट भदौ ३ गते, दुवईबाट नेपालमा कुँवरलाई फिरौती रकम लिन लगाउने तथा अर्याललाई रकम दिनु भन्ने बेलबासेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भदौ ६ गते र दुबईमा बेलबासेलाई रकम नेपालको अर्याललाई दिनु भनि सम्पर्क नम्बर दिने थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भदौ ६ गते पक्राउ गरेको हो । उनीहरूलाई उपर अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया