Nepal Life

जोशी हाइड्रोपावरले डाक्यो वार्षिक साधारणभा, ६५ प्रतिशत हकप्रदको प्रस्ताव

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Sun 11:48
जोशी हाइड्रोपावरले डाक्यो वार्षिक साधारणभा, ६५ प्रतिशत हकप्रदको प्रस्ताव
Sanima Reliance

काठमाडौं । जोशी हाइड्रोपावर कम्पनीले ६५ प्रतिशत हकप्रद शेयर निष्काशनको विशेष प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ । कम्पनीले आगामी भदौ ३१ गते १८ औ वार्षिक साधारणभा आह्वान गरेको हो ।

NIMB

कम्पनीलाई तीन मेगावाट क्षमताको माथिल्लो पुवा एक जलविद्युत आयोजना निमार्णका लागि हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगले समेत स्वीकृति दिइसकेको छ । आयोगले साउन १५ गते कम्पनीलाई ६५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो ।  

आयोगको अनुमति सँगै कम्पनीले हकप्रद शेयर निष्काशनको विशेष प्रस्ताव सहित यहि भदौ ३१ गते १८ औ वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ १९ गते एक दिन बुक क्लोज गर्ने भएको हो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया