Nepal Life

मंगलादेवी सिंहको २७ औं स्मृति दिवस, को हुन् मंगलादेवी ?

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Sun 13:57
मंगलादेवी सिंहको २७ औं स्मृति दिवस, को हुन् मंगलादेवी ?
Sanima Reliance

काठमाडौँ । नेपाल महिला संघकी स्थापक नेतृ स्वर्गीय मंगलादेवी सिंहको २७ औं स्मृति दिवस आज बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । स्व. मंगलादेबि सिहकाे स्मृति दिवसको अवसरमा आज शाेभा भगवतीमा आयोजना भएको कार्यक्रममा प्रकाशमान सिंहले माल्यार्पण गरेका छन् । 

महिलाहरुको हकहितका लागि जहानियाँ राणा शासकहरुबिरुद्ध आन्दोलन गर्नु आफैंमा जोखिमपूर्ण काम भएको समयमा स्वर्गिय सिंहको योगदान अविष्मरणिय छ ।

नेपाल महिला संघले आफ्नो संस्थापक नेताको स्मृतिमा देशभर आज विभिन्न कायक्रम आयोजना गरेको छ । मंगलादेवी सिंह कांग्रेसका सर्वमान्य नेता एवं लौह पुरुष गणेशमान सिंहकी श्रीमती हुन् । काँग्रेस नेता प्रकाशमान सिंह गणेशमान र मंगलादेवीका छोरा हुन् ।

को हुन् मंगलादेवी सिंह ?

नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको जन्म वि.सं. १९८१ मा काठमाडौंमा भएको थियो । वि.सं. १९९७ असार महिनामा उहाँको विवाह गणेशमान सिंहसँग भएको थियो । वि.स. १९९६ मा प्रजापरिषद् काण्डमा परी गणेशमान सिंहलाई जन्मकैद भएपछि श्रीमती सिंह जहाँनिया राणाशासन विरोधी आन्दोलनमा सक्रिय भएकी थिइन् । 

वि.सं. २००४ सालमा भूमिगत संगठनको रुपमा नेपाल महिला संघको स्थापना गरेर उनि आजन्म अध्यक्षको रुपमा रहिन् । २००५ सालमा पद्म शमशेरद्वारा गरिएको सुधारप्रति असन्तोष प्रकट गर्दै सिंह महिलाको जुलुस लिएर राणाहरुको दरबार पुगेकी थिइन् ।उनले वि.सं.२००७ सालको क्रान्तिमा ठूलो भूमिका निर्वाह गरिन् । 

सिंहलाई २०१७ सालमा संसदीय व्यवस्थाको अपहरण भएपछि विरोध गर्दा पक्राउ गरी ५ वर्ष कैद गरियो । २०२५ सालपछि ८ वर्ष प्रवासमा रहिन् । सिंह २०४२ सालमा सत्याग्रह र २०४६ सालको आन्दोलनमा पनि सक्रिय रहिन् । 

२०४८ साल प्रतिनिधिसभा निर्वाचनमा उनि पराजित भइन् ।  उनिद्वारा लिखित ‘नारी संघर्षका पाइलाहरु’ नामक संस्मरणात्मक पुस्तक एउटा जिवन्त इतिहास हो । सिंहको निधन वि.सं.२०५३ साल भदौ १० गते भएको थियो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया