फिक्स आम्दानी हुनेलाई फिक्स व्याजदरमा कर्जा लिन गभर्नर अधिकारीको आग्रह

  • BFIS News
  • 2023 Aug Sun 14:14
फिक्स आम्दानी हुनेलाई फिक्स व्याजदरमा कर्जा लिन गभर्नर अधिकारीको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले फिक्स आम्दानी हुनेलाई फिक्स दरको कर्जा लिन आग्रह गरेका छन् । उनले एक कार्यक्रममा संबोधन गर्ने क्रममा बैंकहरु सँग धेरै प्रकारका उत्पादनहरु भएको तर वित्तीय साक्षरता नहुँदा सबैमा यसको ज्ञान नभएको बताएका छन् । 

उनले भने ‘हामीसँग धेरै प्रकारका उत्पादनहरु छन्, फिक्स रेट एकपटक लिएरको रेट सात वर्षसम्म परिवर्तन नहुने उत्पादनहरु पनि छन्। जसको फिक्स आम्दानी छ,त्यसको लागि फिक्स रेट हुन्छ। हामीले विगत तीन वर्षदेखि लागू भएको विषय हो। जस्तै फिक्स आम्दानी हुनेहरुको भोली व्याजदर बढ्दा तिर्न सक्दैँन भन्ने अनुमानको आधारमा त्यसको जिम्मेवारी बैंक आफैंले लिने गरि बनेको वस्तुहरु पनि छन् तर धेरै कम मान्छेहरुले मात्रै यो प्रयोग गर्नुभएको छ।’ उनले भने ‘यो सायद सञ्चार र साक्षरताको कमीले पनि यस्तो हुनसक्छ। एउटा सानो कर्जाको व्याजदरको सन्दर्भमा समेत पनि साक्षरताका क्षेत्र प्रशस्त छन् भने समग्र वित्तीय क्षेत्रमा वित्तीय साक्षरताको अनिवार्य आवश्यकता हामीले देखेका छौँ।’

गभर्नर अधिकारीले आफूले साईन गरेको नोट फ्रेममा रहोस र कारोबार भने डिजिटल होस् भन्ने चहाना रहेको बताएका छन् । उनले डिजिटल कारोबारबाट पारदर्शिता बढ्ने,सुशासन आउने र कारोवारहरु रेकर्ड राख्नेलगायत धेरै काम सहज रुपमा हुने बताए।

उनले भने,‘म नेपाली नोटमा हस्ताक्षर गर्ने गभर्नरमध्ये एक हुँ तर मेरो चहाना त्यो साईन गरेको नोट फ्रेममा रहोस् र हाम्रो कारोबार भने डिजिटल होस् भन्ने हो र त्यो धेरै हदसम्म पूरा पनि हुन थालेको छ। यसले हामीलाई पारदर्शिता बढाउँछ, सुशासन ल्याउन सघाउँछ, कारोबारहरु रेकर्ड हुन्छ, सरकारको कर पनि नियमित रुपमा आउँछ आएन भने पनि ट्रेस गर्न सकिन्छ। धेरै फाइदाहरु हुन्छन्।’

उनले अघिल्लो वर्षबाट डिजिटल आर्थिक साक्षरताको अभियान पनि सुरु भएको भन्दै त्यसको फलस्वरुप प्राय नेपालीहरु अहिले मोबाइल बैंकिङ् प्रयोग गर्न सक्ने भएको जिकिर गरे। एक पटक लिएको बैंकिङ कारोबारको दररेट सात वर्षसम्म परिर्वतन नहुने व्यवस्था पनि रहेको तर त्यसलाई मानिसहरुले उपयोग गर्न नसकेको उनको भनाई छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया