Nepal Life

नागरिक लगानीकोषको कर्मचारी संघमा नयाँ कार्यसमिति चयन

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Sun 15:32
नागरिक लगानीकोषको कर्मचारी संघमा नयाँ कार्यसमिति चयन
Sanima Reliance

काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ, नागरिक लगानी कोषमा नयाँ कार्यसमिति चयन भएको छ । राजधानीमा आयोजित तेस्रो केन्द्रीय अधिवेशनद्धारा नयाँ कार्यसमिति चयन गरिएको हो ।

कार्यसमितिको अध्यक्षमा अच्युतम पौडेल, उपाध्यक्षमा शान्ता ढुंगाना, महासचिवमा सूर्य प्रसाद दहाल, उप महासचिवमा अनिल बस्नेत र कोषाध्यक्ष्मा बिमलेश यादव चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा प्रदिप अधिकारी, सल्यान के.सी,  निशा खतिवडा, रविन बि.क, प्रकाश गौतम रहेका छन् । महिला संयोजकमा मिनाक्षी पन्त र युवा संयोजकमा नरेन्द्र सुनार रहेका छन् ।

उक्त अधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सह–महामन्त्री तथा सांसद बद्रि पाण्डेले संबोधन गरेका थिए । त्यसैगरी, बिषेश अतिथीको रुपमा नेपाल ट्रेड युनियन कंग्रेसका अध्यक्ष योगेन्द्र कुंवरले ट्रेड युनियनको भुमिका वारे धारणा राखेका थिए । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया