Nepal Life

बरुण हाइड्रोलाई शतप्रतिशत हकप्रद निष्काशन गर्न आयोगको स्वीकृति

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Sun 17:15
बरुण हाइड्रोलाई शतप्रतिशत हकप्रद निष्काशन गर्न आयोगको स्वीकृति
Sanima Reliance

काठमाडौं । विद्युत नियमन आयोगले बरुण हाइड्रोपावर कम्पनीलाई सत प्रतिशत हकप्रद शेयर निष्काशनका लागि अनुमति दिएको छ । 

NIMB

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले १ः१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरी स्वीकृतिका लागि आयोगमा पेश गरेको थियो । आयोगले स्वीकृति दिएसँगै अब कम्पनीले धितोपत्र बोर्डतर्फको प्रकृया अघि बढाउनेछ ।

२०८० असार १२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।

कम्पनीले यस अघि २०७५ जेठ २२ गते १ः१ को अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको थियो । तर विद्युत नियमन आयोगले कम्पनीलाई हकप्रद सेयर जारी गर्न अनुमति नदिएपछि बोर्डले कम्पनीको निवेदन खारेज गरिदिएको थियो ।

कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक समेत नियुक्त गरिसकेको छ ।

कम्पनीले २०८० असार २७ गते विशेष साधारण सभाबाट शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

बरुण हाइड्रोपावरको हकप्रद स्वीकृति विवरण

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया