Nepal Life

शेयर बजारबाट सरकार मालामाल, हालसम्ममा उठ्यो ८ अर्ब १६ करोड पूँजीगत लाभकर, कुल राजश्वमा २.२७ % योगदान

Global Ime detail Page
  • BFIS News
  • 2024 Dec Wed 21:57
शेयर बजारबाट सरकार मालामाल, हालसम्ममा उठ्यो ८ अर्ब १६ करोड पूँजीगत लाभकर, कुल राजश्वमा २.२७ % योगदान
Shikhar detail

काठमाडौं । चालु आर्थिक वर्षको मंसिर १८ गतेसम्ममा सरकारले पूँजीबजारबाट मात्रै ८ अर्ब १६ करोड रुपैयाँ पूँजीगत लाभकर उठाएको छ । यो रकम सरकारले हिजोका दिनसम्ममा संकलन गरेको कुल राजश्वको २.२७ प्रतिशत हो । अर्थात सरकारले हिजो मंसिर १८ गतेसम्ममा ३ खर्ब ५९ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । 

NIMB

सरकारले गएको साउन एक महिनामै पूँजीगत लाभकर बापत ४ अर्ब २३ करोड ७८ लाख रुपैयाँ उठाएको थियो । नेपाल सिडीएस एण्ड क्लियरिङका अनुसार असोज र कार्तिक महिनामा तुलनात्मक रुपमा कम उठे पनि भदौ महिनामा साढे दुई अर्ब उठाएको थियो । 

सरकारले यस भन्दा अगाडीको बुलको आर्थिक वर्षमा अहिलेसम्मकै सर्वाधिक धेरै १५ अर्ब रुपैयाँसम्म उठाएको थियो । यस वर्ष साढे चार महिनामै ८ अर्ब १६ करोड उठाइसकेको हुँदा चालु आर्थिक वर्षमा सरकारले यस अगाडीको रेकर्ड तोड्ने देखिएको छ । गएको साउनमा शेयर बजार ३ हजार अंकसम्म पुगेर फर्किएको थियो । १८२६ अंकबाट लगातार सुधार भएर तीन हजार पुग्दा सरकारले यति धेरै लाभकर उठाउन सफल भएको हो ।  

असार गतेदेखि शेयर बजार उच्च दरले बढेको थियो । यस वर्ष कारोबार रकमले पनि रेकर्ड तोडेको छ । कारोबार उच्च भएसँगै सरकारलाई बुझाउनुपर्ने पूँजीगत लाभकर पनि बढ्न पुगेको हो ।

आर्थिक वर्ष २०७७\०७८ मा लगानीकर्ताहरुले पूँजीगत लाभकर बापत १५ अर्ब ५४ करोड रुपैयाँ तिरेका थिए । नेप्से सूचक उच्च अंकले बढेर भदौ २ गते ३ हजार १९८ विन्दुमा पुगेको थियो । त्यस समयमा २१ अर्ब ६४ करोड रूपैयाँकाे सर्वाधिक कारोबार भएको थियो । पछिल्ला दिनमा कम्तिमा पनि ४/५ अर्बको कारोबार हुने गरेको छ । दैनिक ७/८ अर्बको कारोबार सामान्य बनिसकेको छ । 

पूँजीगत लाभकर : 

पूँजीगत लाभ भनेको तपाईंले खरिद गर्नुभएको धितोपत्र बेच्दा खरिद गरेको भन्दा माथिको मूल्यमा बिक्री गर्नुभएको छ भने प्राप्त गर्नुभएको थप आम्दानी हो । पूँजीगत लाभ विशेषगरी मूल्यवान् वस्तु खरिद–बिक्री गर्दा, जग्गा खरिद–बिक्री गर्दा, शेयर तथा विभिन्न धितोपत्र खरिद–बिक्री गर्दा प्राप्त हुने गर्दछ ।

संसारभर धेरै मुलुकमा शेयर वा धितोपत्र, कमोडिटी, विदेशी मुद्रा, घरजग्गा वा कुनै बहुमूल्य वस्तु बिक्री गर्दा हुने पूँजीगत लाभमा कर तिर्नुपर्ने नियम छ । नेपालमा घरजग्गा तथा धितोपत्रको कारोबारमा पूँजीगत लाभ भएको खण्डमा अनिवार्य रूपमा पूँजीगत लाभकर तिर्नुपर्दछ ।

शेयर बजारको लागि करको बारेमा केही विशेष नियमहरू छन् । तपाईंले शेयर बेचेर नाफा आर्जन गर्नुहुन्छ भने लाभ कर तिर्नुपर्दछ । करको दर भने तपाईंले बिक्री गर्नुभएको शेयर कति समय राखेर बिक्री गर्नुभयो भन्ने कुराले फरक पार्दछ । तपाईंले एक वर्षभन्दा कम अर्थात् ३६५ दिनभन्दा कम अवधि होल्ड गरेर नाफा गरी शेयर बिक्री गरेमा ७.५% को दरमा पूँजीगत लाभकर तिर्नुपर्ने हुन्छ । तर दीर्घकालीन लगानीकर्ता हो र ३६५ दिनभन्दा बढी अवधि शेयर होल्ड गरेर बिक्री गरेमा ५% तिर्नु पर्छ । 

नियमित कारोबार नगर्ने वा १ वर्ष भन्दा बढी अवधिसम्म शेयर वा सम्पत्ति होल्ड गरेर बिक्री गर्ने व्यक्तिगत लगानीकर्ताहरूका लागि यस्तो कर उनीहरूले आफूसँग भएको सम्पत्ति बेचेर कमाउने नाफाको ५% मात्रै हो । तर यदि उनीहरूले आफूसँग भएको शेयर वा घरजग्गा जस्ता सम्पत्ति एक वर्षभन्दा कम समयको लागि होल्ड गरेर बेच्छन् भने, उनीहरूले आफ्नो नाफामा ७.५% को दरमा पूँजीगत लाभकर तिर्नुपर्छ ।

लगानीकर्ता कुनै कम्पनी वा संस्था भएको खण्डमा भने उनीहरूले घरजग्गा वा शेयर बिक्रीबाट प्राप्त भएको नाफामा १० प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्छ । यस्तो कर संस्थागत लगानीकर्ताहरूको लागि एड्भान्स कर भएको हुँदा उनीहरूले वर्षको अन्त्यमा अन्य नियमित व्यवसायबाट प्राप्त गरेको आम्दानी तथा खर्च समायोजन गरी वर्षको अन्तिममा तिर्नुपर्ने आयकरमा जोड्न वा घटाउन सक्छन् । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार