बुटवल पावर सहित तीन लघुवित्तले एफिओ निष्काशन गर्दै, बुटवलको २०६.३ रुपैयाँमा एक करोड कित्ता निष्काशन
- BFIS News
- 2024 Dec Fri 13:07
काठमाडौं । एक जलविद्युत कम्पनी सहित चार कम्पनीले एफपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएका छन् ।
बुटवल पावर कम्पनी,नेशनल लघुवित्त वित्तीय संस्था, विजय लघुवित्त वित्तीय संस्था, विन नेपाल लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन । यी मध्ये बुटवल पावर कम्पनीले १ सय ६ रुपैयाँ ३ पैसा प्रिमियम मूल्य थप गरे प्रतिकित्ता रू.२०६ दशमलव ३ मा एफपीओ निष्कासन गर्नका लागेको हो भने बाँकी तीन कम्पनीले अंकित मूल्यमै जारी गर्न सेबोनमा निवेदन दिएका हुन ।
बुटवल पावर कम्पनीले १ करोड कित्ता एफपीओ निष्कासन गर्न सेबोनमा निवेदन हो । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । यस भन्दा अगाडि २०७४ माघमा कम्पनीले प्रतिकित्ता ४०१ रुपैयाँ प्रिमियम थप गर्दै ५०१ रुपैयाँका दरले ४० लाख ८१ हजार कित्ता एफपीओ जारी गरेको थियो ।
त्यस्तै नेशनल लघुवित्तले ६ लाख ६९ हजार ९ सय कित्ता एफपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । यस कम्पनीको विक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । त्यस्तै विजय लघुवित्तले ४ लाख ६६ हजार ८१७ कित्ता,विन नेपाल लघुवित्तले ५१ हजार २९३ कित्ता र स्वरोजगार लघुवित्तले १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएका हुन । स्वरोजगार र विजय लघुवित्तको विक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ भने विन नेपाल लघुवित्तको विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङग रहेको छ ।
एफपीओ निष्कासन के हो ?
कुनै कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेपछि पूँजी बढाउन थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्छन् । कतिपय कम्पनीहरूले भने शेयर संरचना मिलाउनका लागि पनि एफपीओ निष्कासन गर्ने गरेको पाइन्छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कम्पनीको कुल चुक्ता पूँजीको ७० प्रतिशत शेयर संस्थापकतर्फ र ३० प्रतिशत शेयर सर्वसाधारणतर्फ हुनुपर्ने प्रावधान छ ।
तर, जोसुकै कम्पनीले पनि एफपीओ निष्कासन गर्न पाउँदैनन् । यसका लागि केही शर्त तोकिएका छन् । नेपाल धितोपत्र बोर्डको प्रावधान अनुसार एफपीओ निष्कासन गर्नका लागि कम्पनीले लगातार तीन वर्ष नाफा गरेको, कारोबार शुरु गरेको पाँच वर्ष पूरा भएको, औसतमा क्रेडिट रेटिङ राम्रो पाएको हुनुपर्छ । कम्पनीले एफपीओ निष्कासन गर्दा अंकित मूल्य वा अंकित मूल्यमा प्रिमियम थप गरी निष्कासन गर्ने गरेका छन ।
प्रतिक्रिया