माछापुच्छ्र बैंकले घोषणा गर्यो लाभांश, बोनस शेयर वितरण पछि चुक्ता पूँजी ११ अर्ब ६८ करोड पुग्ने

  • BFIS News
  • 2023 Aug Wed 11:58
माछापुच्छ्र बैंकले घोषणा गर्यो लाभांश, बोनस शेयर वितरण पछि चुक्ता पूँजी ११ अर्ब ६८ करोड पुग्ने

काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षकै जति लाभांश वितरण गर्ने भएको छ । बैंकको भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । बैंकले उक्त लाभांश मध्ये १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । बैंकले यस वर्ष मुनाफाबाट एक अर्ब ४३ करोड रुपैयाँ मुनाफा वितरण गर्न थालेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि साधारणसभामा पेश हुनेछ । साधारणसभाले पारित गरे पछि मात्रै शेयरधनीहरुले प्राप्त गर्ने छन् ।

माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७९/८० मा ९.८ प्रतिशतले मुनाफा बढाएर एक अर्ब ८५ करोड रुपैयाँ आर्जन गरेको थियो । बैंकले एक अर्ब ४३ करोड शेयरधनीहरुलाई नै वितरण गर्ने भएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार वितरण योग्य मुनाफा एक अर्ब ५६ करोड रुपैयाँ रहेको छ । बैंकको चुक्तापूँजी १० अर्ब २५ करोड रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश वितरण पछि चुक्ता पूँजी ११ अर्ब ६८ करोड पुग्नेछ ।

माछापुच्छ्रे बैंकको नाफा १० प्रतिशतले बृद्धि, वितरण योग्य मुनाफामा सुधार सँगै लाभांश दिने क्षमता बढ्यो

बैंकले विगत एक दशकमा वितरण गरेको लाभांश

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया