Nepal Life

महुली लघुवित्तको एफपीओमा १७ लाख ८५ हजारको आवेदन, १७ लाख ३८ हजार ३०९ जनाको हात खाली हुने

National Life
  • BFIS News
  • 2024 Dec Tue 18:20
महुली लघुवित्तको एफपीओमा १७ लाख ८५ हजारको आवेदन, १७ लाख ३८ हजार ३०९ जनाको हात खाली हुने
RBB

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको एफपिओमा आवेदन दिने मध्ये १७ लाख ३८ हजार ३०९ जनाको हात खाली हुने भएको छ । सिडिएससीका अनुसार संस्थाको एफपिओमा १७ लाख ८५ हजार ८५३ जनाले आवेदन दिएका छन् । उनिहरुले २ करोड ४८७ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन दिएका हुन् । 

   

NIMB

लघुवित्तले हाल कायम सर्वसाधारण समूहको हिस्सा १९.६८ प्रतिशतलाई, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत पुर्याउनका लागि एफपीओ निष्काशन गरेको हो।

लघुवित्तले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ७५ हजार ४४९.१५ कित्ता शेयर निष्काशन गरेको हो।

एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले लघुवित्तलाई इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी ३२ करोड २३ लाख ७८ हजार ५८५ रुपैयाँ रहेको छ। एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ पुग्नेछ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार