Nepal Life

११ म्युचुअल फण्डको लाभांश घोषणा, दुई मर्चेन्ट बैंक र बैंक सहित कसको कति ?

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Sat 05:51
११ म्युचुअल फण्डको लाभांश घोषणा, दुई मर्चेन्ट बैंक र बैंक सहित कसको कति ?
Sanima Reliance

काठमाडौं । ११ म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट म्युचुअल फण्डले लाभांश दिन सुरु गरेका हुन् । अन्य कम्पनी भन्दा म्युचुअल फण्डको लेखापरीक्षण छिटो हुने भएकाले दोस्रो बजारमा सूचिकृत कम्पनी तथा संस्थाहरुको तुलनामा म्युचुअल फण्डको लाभांश घोषणा छिटो हुने गरेको छ ।

NIMB

यस वर्ष म्युचुअल फण्डको लाभांशमा धेरै उत्साह देखिदैन । अन्य बैंकहरुको व्याजदर हाराहारी पनि लाभांश दिन नसकेका म्युचुअल फण्डको इकाईमा पनि सर्वसाधारणको आकर्षण छैन । फण्डहरुले सर्वसाधारणका लागि इकाई निष्काशन गर्दा माग भन्दा धेरै कमको आवेदन पर्ने गरेको छ । यसको प्रमुख कारण उनिहरुले दिने प्रतिफल नै हो । छोटो अवधिका लागि स्थापना भएका यस्ता फण्डहरुले उल्लेख्य प्रतिफल दिन नसक्दा खासै आकर्षण नदेखिएको हो ।

लाभांश घोषणा गर्ने मध्ये सबैभन्दा धेरै सन राइज फर्स्ट म्युचअल फण्डले १६ प्रतिशत दिदै छ । लाभांश घोषणा गर्ने मध्ये ६ वटाको बुक क्लोज भइसकेको छ । कुमारी इक्विटी फण्डले १० प्रतिशत, कुमारी धनबृद्धि योजना ६ प्रतिशत, एनआइसी एशिया डाइनामिक १० प्रतिशत, सिटिजन म्युचुअ फण्ड २ ले ८ प्रतिशत, सिद्धार्थ इन्भेन्ष्टमेन्ट ग्रोथ स्किम दुई, सिद्धार्थ इक्विटी फण्ड ५ प्रतिशत, लक्ष्मी इक्वीटी फण्ड ८ प्रतिशत, एनआइबिएल प्रगति फण्डले ६.८० प्रतिशत, एनआइबिएल सहभागिता फण्डले ४ प्रतिशत लाभांश दिएको छ । तर म्युचुअल फण्ड सञ्चालकले भने शेयरधनीहरुलाई सर्वाधिक धेरै लाभांश दिने गरेका छन् । एनआइसी एशिया क्यापिटलले मात्रै ४६ प्रतिशत लाभांश घोषणा गरेको छ  भने कुमारी क्यापिटलले १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया