Nepal Life

गार्डियन माइक्रो लाइफको आइपिओमा ३.४३ गुणा बढि आवेदन

National Life
  • BFIS News
  • 2025 Jan Sun 17:54
गार्डियन माइक्रो लाइफको आइपिओमा ३.४३ गुणा बढि आवेदन
RBB

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओमा पहिलो दिनमै ३.४३ गुणा बढि आवेदन परेको छ । कम्पनीको आइपिओमा ४ लाख ४८ हजार ५६९ जनाले ६३ लाख ३० हजार ८०० कित्ताको लागि आवेदन दिएका हुन् । 

NIMB

कम्पनीले जारी पुँजी ७५ करोड रूपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आइपिओ निष्कासन गर्ने अनुमति पाएको छ । सोमध्ये कम्पनीले १८ करोड ४५ लाख रूपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको हो।

त्यसैगरी, कम्पनीले कर्मचारीहरूका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता सेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सेयर म्युचुअल फण्डहरूलाई छुट्याएको छ।

कम्पनीले १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रूपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ।

उक्त आइपिओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा एक लाख कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीले निष्काशन गरेको शेयर एक लाख ८४ हजार ५०० जनाले मात्रै पाउने छन् । आजै ३ गुणा भन्दा धेरै आवेदन परिसकेको हुँदा १० कित्ता भन्दा धेरैको लागि आवेदन दिनु आवश्यक छैन । कम्पनीको आइपिओमा पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर 'मेरो सेयर' अनलाइन प्रयोग गरी सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीलाई केयर रेटिङ नेपालले 'केयर एनपी डबल बी माइनस इस्युअर' रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया