Nepal Life

सेजनको अध्यक्षमा ओली निर्वाचित

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Sat 22:11
सेजनको अध्यक्षमा ओली निर्वाचित
Sanima Reliance

 

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा सुजन ओली निर्वाचित भएका छन् । सेजनको शनिबार राजधानीमा सम्पन्न  २५ औं र्वािर्षक साधरण सभा तथा अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको  हो ।

NIMB

ओलिले ९९ भोट निकटतम प्रतिद्वन्दी शिरोमणी ढुङ्गानाले ९६ मत प्राप्त गरेका छन् । साधारणसभाले उपाध्यक्षमा विनय वञ्जरा निर्वाचित भएका छन् । वञ्जाराले १३५ मत ल्याएर निर्वाचित भएका हुन् । प्रत्यासी भागवत भट्टराईले ११५ मत प्राप्त गरेका छन् ।

यसैगरी सेजनको महासचिवमा विश्वास रेग्मी निर्विरोध निर्वाचित भएका हुन् । सचिवमा सोभित थपलिया निर्वाचित भएका छन् । थपलियाले १०६ मत पाउन सफल भएका छन् । कोषाध्यक्षमा अच्युत पुरी निर्वाचित भएका हुन् । 

सेजन सदस्यहरूमा केशु लामिछाने १८८ मत, हेमन्त जोशी १७९, ममता थापा १५६, छवि सापकोटा १२८, वसन्तराज उप्रेती १४५ मत सहित निर्वाचित भएका छन् । सेजनको निर्वाचनमा कुल २७१ मध्ये २५२ मत खसेको थियो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया