Nepal Life

सिद्धार्थ बैंकबाट महिला उद्यमशील कर्जा लिएर आफ्नो व्यवसायलाई फेरि उकासेर लयमा ल्याउदै सीतामैया दाखुवा

National Life
  • BFIS News
  • 2025 Jan Sun 18:48
सिद्धार्थ बैंकबाट महिला उद्यमशील कर्जा लिएर आफ्नो व्यवसायलाई फेरि उकासेर लयमा ल्याउदै सीतामैया दाखुवा
RBB

काठमाडौं, पुस २७ गते । आभा द सोल, यो नाम अहिले फेसन र बुटिकको क्षेत्रमा परिचित छ । यसलाई सुरु गर्ने साहसी महिला हुन्, सीतामैया दाखुवा । उनको बुटिक कपडाको मात्र व्यापार गर्ने ठाउँ होइन, यो सजावटको आत्मा झल्काउने र कला प्रस्तुत गर्ने एक प्लेटफर्म पनि हो । तर, सीतामैयाका लागि यो यात्रा सजिलो थिएन । सुरुका दिनहरू सम्झिँदै सीतामैया भन्छिन्, ‘त्यो बेला नेपालमा केही पनि सजिलो थिएन । कपडा, सामान किन्न भारत जानुपर्ने । कति दिन त्यहीँ बसेर सामान ल्याउनुपर्ने बाध्यता थियो ।’

NIMB

१५ वर्षभन्दा धेरैअघिदेखि यो क्षेत्रमा लागेकी सीतामैयाले व्यवसाय सञ्चालन गरेपछि पनि राम्रै गरिरहेकी थिइन् । व्यवसाय राम्ररी चल्दै थियो । तर, एकाएक कोरोना महामारीको चपेटामा उनी परिन् । पूरै विश्व यसबाट समस्यामा पर्दा उनलाई त्यसले नछुने कुरै भएन । व्यवसायमै टिकेर बस्ने कि व्यवसाय छोड्ने भन्ने दोधारमा उनी पुगिसकेकी थिइन् । करिबकरिब व्यवसाय घाटामा गइसकेको थियो, माइनसमै पुग्यो ।

यसरी व्यावसायिक जीवनमा विभिन्न उतारचढाव झेलेकी सीतामैया सिद्धार्थ बैंकको सहयोगले नै आफूलाई धेरै राहत मिलेको अनुभव सुनाउँछिन् । संकटको साथी सिद्धार्थ बैंकले उनका लागि सधैँ सहयोगी भूमिका निर्वाह गर्यो । एकपटक यस्तो अवस्था आयो, जतिबेला उनलाई आर्थिक सहयोगको एकदमै आवश्यकता थियो । कोरोनाकालको त्यो कठिन समयमा सिद्धार्थ बैंकले ल्याएको ‘महिला उद्यमशील कर्जा’ले उनलाई ठूलो राहत दियो । यो योजना सिद्धार्थ बैंकले कोरोनाकालभन्दा अगाडि नै सञ्चालनमा ल्याएको योजना हो ।

उनले सिद्धार्थ बैंकसँग जोडिँदाको अनुभव सुनाइन्, ‘मेरो एक जना सीए पढेको नजिकको भाइ हुनुहुन्छ । उहाँले यस कर्जाबारे जानकारी दिनुभयो । रकम आवश्यक परिरहेको अवस्थामा यसमा एप्लाई गर्दा फाइदै हुने सल्लाह उहाँबाट आयो । नभन्दै मैले महिला उद्यमशील कर्जा’अन्तर्गत कर्जा पनि पाएँ, जसले व्यवसायलाई फेरि उकास्ने र लयमा ल्याउने मौका दियो ।’

सीतामैयाका अनुसार कर्जाको सहयोगले व्यवसायलाई टिक्न मात्रै होइन, अघि बढ्नसमेत ठूलो मद्दत पुग्यो । कोरोनाको समयमा समग्र अर्थतन्त्र हल्लिएको अवस्थामा समेत बैंकले कुनै अप्ठ्यारो नबनाएको सीतामैया बताउँछिन् । फलस्वरुप आजको दिनसम्म आइपुग्दा उनले बैंकसँग राम्रो सम्बन्ध राखिरहेकी छिन् । सिद्धार्थ बैंकबाट उनले अझ अरु थप सेवासमेत लिन थालेकी छिन् ।

पछिल्लो समय त उनले मोबाइल बैंकिङ, क्यूआर कोडजस्ता व्यावसायिक कारोबारमा सजिलो बनाउने सेवा सुविधा पनि लिन थालेकी छिन् । ग्राहकलाई तिर्न र आफूलाई लिन सहज भएपछि यस्ता सेवा लिएपछि आफू एकखाले झन्झटबाट मुक्त भएको उनको अनुभव छ ।

अब भने व्यवसायलाई अझै उचाइमा लैजाने सपना सीतामैयाको देखिन्छ । पुल्चोकमा रहेको यो बुटिकलाई विस्तार गर्ने योजना उनले सुनाइन् । अन्य शाखा खोल्ने सोचमा रहेकी उनले बैंकबाट अझै सहयोगको अपेक्षा राखेकी छिन् । सिद्धार्थ बैंकको ‘महिला उद्यमशील कर्जा’ जस्तै अरू अफर र कार्यक्रम पनि उपयोग गरेर व्यवसायलाई अझै ठूलो भोल्युममा उनी लैजान चाहन्छिन् ।

‘बैंकसँगको पुरानो सम्बन्धले हामीजस्ता साना व्यवसायीलाई अझै अगाडि बढ्न सहयोग गर्छ भन्ने विश्वास छ,’ उनले भनिन् । यसरी आफैँ लाभग्राही बनिरहेकी सीतामैया अरू उद्यमी बन्न चाहनेहरूलाई पनि सिद्धार्थ बैंकका विभिन्न स्किमसँग जोडिएर काम गर्न सल्लाह दिन्छिन् । महिला उद्यमीको हैसियतले बैंकको सहयोगले नै आफू यो स्थानमा पुगेको अनुभव सुनाउँदै उनले भनिन्, ‘यदि संकटमा सिद्धार्थ बैंक थिएन भने म धेरै गाह्रो अवस्थामा पुग्थेँ । सम्भवतः व्यवसाय नै बन्द हुने अवस्था थियो । त्यसैल म सिद्धार्थ बैंकलाई नै सहयात्री बनाउन सल्लाह दिन चाहन्छु ।’

यसरी सीतामैयाको यो यात्रा सबै व्यवसाय गर्न चाहने महिलाका लागि प्रेरणा हो । समस्याहरूलाई अवसरमा बदल्ने, सहकार्य र सहयोगको महत्व बुझ्ने र सपनालाई व्यवहारमा उतार्ने साहस गर्ने मानिसका लागि उनी एक उदाहरण मात्र हुन् । ‘आभा द सोल’ केवल बुटिक मात्र होइन, यो त एक सोच हो, एउटा अभियान हो, जसले फेसनको माध्यमबाट मानिसहरूको जीवनमा सकारात्मक प्रभाव पारिरहेको छ ।

सिद्धार्थ बैंकका ग्राहकहरुको सफलताका कथाहरु

१. सिद्धार्थ बैंकबाट महिला उद्यमशील कर्जा लिएर आफ्नो व्यवसायलाई फेरि उकासेर लयमा ल्याउदै सीतामैया दाखुवा

२. उर्जा उद्यमी सुदीपकुमार चौधरीको सफलताको कथा: 'मेरो उन्नतिमा सधै सम्झिने नाम भनेकै सिद्धार्थ बैंक हो'

३. कर्जाको सदुपयोग गर्न सफल झलकप्रसाद सुवेदी 'सिद्धार्थ बैंकले मलाई विश्वास गरेर दिएको साथ जीवनमै बिर्सन नसक्ने क्षण हो' 

४. कर्जा आवश्यक परे हामी छौं है भन्ने सिद्धार्थ बैंक पाउँदा हौसला मिलेको छ, लक्ष्मण न्यौपानेको बैंकिङ अनुभव

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया