Nepal Life

जुम्लामा जिप दुर्घटनामा चालक र सहचालकको मृत्यु

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Sun 12:49
जुम्लामा जिप दुर्घटनामा चालक र सहचालकको मृत्यु
Sanima Reliance

काठमाडौं । जुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार नाग्म गमगडि राजमार्गको कनकासुन्दरी ४ स्थित ठगुनेरामा जिप दुर्घटना भएको हो ।

NIMB

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी उमेश चन्दका अनुसार भे १ ज १०९९ नम्बरको जिप दुर्घटना भएको छ । दुर्घटनामा अन्य यात्रु नभएको, चालक र सहचालकको घटना स्थलमा ज्यान गएको छ । उनीहरूको नाम र पहिचान हुन सकेको छैन । 

उनका अनुसार घटनाको बिस्तृत विवरणका लागि प्रहरी हवलदार रमेशबहादुर रावलको नेतृत्वमा १२ जना प्रहरी घटनास्थलमा पुगेका छन् । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ । प्रहरीका अनुसार अन्दाजी सडकबाट जिप ३ सय मिटर तल खसेको थियो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया