Nepal Life

पेप्सीकोलामा चार सवारी साधन ठोक्किंदा दुई जनाको मृत्यु

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Sun 13:04
पेप्सीकोलामा चार सवारी साधन ठोक्किंदा दुई जनाको मृत्यु
Sanima Reliance

काठमाडौं । काठमाडौंको पेप्सीकोलामा चार वटा सवारीसाधन एकै ठाउँमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

NIMB

जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसायी संघको बा ३ ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा ६ च ५३४२ नम्बरको बोलेरो बिहान आपसमा ठोक्किएका थिए।

दुई गाडी ठोक्किँदा बागमती प्रदेश ०२-०३७ प ५३११ नम्बरको डिओ स्कूटर र बागमती प्रदेश ०२-०४१ प ४८३८ नम्बरको एफजेड मोटरसाइकल पनि दुर्घटनामा परेका थिए।

दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराई र सशस्त्र प्रहरी बल सिनामङ्गलमा कार्यरत २५ वर्षीया उषा थापा छन्। बस चालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया