Nepal Life

‘आर्थिक कुटनीतिमा निजी क्षेत्रसंग सहकार्य अपरिहार्य’

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Mon 05:33
‘आर्थिक कुटनीतिमा निजी क्षेत्रसंग सहकार्य अपरिहार्य’
Sanima Reliance

काठमाडौं । मुलुकको अर्थतन्त्र समस्यामा रहेका बेला उत्पादन र उत्पादकत्व बढाउन आवश्यक वैदेशिक लगानी र निर्यात प्रवर्द्धनमा नेपाली नियोग र निजी क्षेत्रबीच सहकार्यमा जोड दिइएको छ ।

NIMB

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको प्रभावकारी आर्थिक कुटनीतिका लागि नेपाली नियोग र निजी क्षेत्र सहकार्य बिषयक छलफलमा वक्ताहरुले उक्त धारणा राखेका हुन् ।

परराष्ट्रमन्त्री एनपी साउदले निर्यात एवं पर्यटन प्रवद्र्धन र विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको वताए । विभिन्न मुलुकका लागि नेपालको तर्फबाट नियुक्त राजदुतहरुले पनि निजी क्षेत्रसंगको सहकार्य गर्नुपर्ने उनको धारणा थियो ।

नेपाल सरकार सुरक्षा परिषदका सल्लाहकार एवं पूर्व मुख्य तथा परराष्ट्र सचिव शंकरदास वैरागीले नेपाली नियोगहरुले आफ्नो दायरा विस्तार गरि निजी क्षेत्रसंग सहकार्य गर्नुपर्ने वताए ।

मुख्य सचिव वैकुण्ठ अर्यालले नवनियुक्त राजदूतहरुलाई शुभकामना दिदै आर्थिक कुटनीति विस्तारका लागि वहुपक्षीय निकायहरुसंगको सहकार्य पनि आवश्यक रहेको वताए । यसैगरि निजी क्षेत्रले पनि वस्तु र बजार विविधिकरणमा ध्यान दिनुपर्ने वताए ।

श्रम सचिव केवल भण्डारीले अब आर्थिक कुटनीतिलाई श्रम कुटनीति भन्नुपर्ने सुझाव दिए । अर्थसचिव अर्जुन पोखरेलले आर्थिक कुटनीति विस्तारका लागि आवश्यक बजेट व्यवस्था गरिने वताए । वाणिज्य सचिव मधु मरासिनीले विश्व व्यापार संगठनमा समेत हाम्रो भूमिका बढाउन आवश्यक रहेको वताए । यसैगरि अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने प्रभाव पनि विश्लेषण गर्नुपर्ने उनको धारणा थियो ।

प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डेले अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने प्रभाव न्युनिकरणमा पनि नियोगहरुको भूमिका महत्वपूर्ण रहने वताए । पर्यटन सचिव भरतमणी सुवेदीले नया खुलेका पोखरा र गौतम वुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालनमा नियोगहरुको भूमिका महत्वपूर्ण रहने वताए । संघीय मामिला सचिव विनोद सिंहले नवनियुक्त राजदूतहरुलाई शुभकामना दिए ।

सरकारका उच्च पदस्थ अधिकारी र नवनियुक्त राजदूतहरुको उपस्थिति रहेको कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र ढकालले नियोगहरुले सकारात्मक मात्र भएमा पनि निक्कै सहज अनुभव सुनाए । ‘नियोगहरुले काम गर्न नै खोज्ने हो भने धेरै सुधार हुन्छ,’ उनले भने । धेरै उदीयमान र बिकसित अर्थतनत्रहरुमा व्यापार विस्तार, लगानी एवं पर्यटन प्रवद्र्धनका आधारमा राजदूतहरुको मुल्यांकन हुने गरेको पनि उनले वताए । यसका लागि महासंघ निरन्तर सहकार्य गर्न तयार रहेको वताए ।

नवनियुक्त राजदूतहरुको तर्फबाट बोल्दै थाइल्याण्डका लागि नियुक्त राजदूत धनवहादुर वलीले निजी क्षेत्रका सुझाव सुन्न तयार रहेको तर निजी क्षेत्रले पनि मुख्य बिषयमा केन्द्रित भै सुझाव दिनुपर्ने वताए ।

महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले अहिलेको अवस्थामा व्यवसाय विस्तारका सबै अवसर सिर्जना गनुपर्ने वताए । महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले महासंघ र नियोगहरुको निरन्तर सहकार्य रहने वताए ।

सरकारले हालै फ्रान्सका लागि सुधीर भट्टराई, थाइल्याण्डका लागि धन वहादुर वली, युएइका लागि तेज वहादुर क्षेत्री, ओमानका लागि घनश्याम लम्साल, स्वीट्जरल्याण्डका लागि रामप्रसाद सुवेदी र न्युयोर्कस्थित राष्ट्र संघ नियोगका लागि लोकवहादुर थापालाई राजदूत नियुक्त गरेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया