Nepal Life

ऋण र अनुदानको विकल्प खोज्नै पर्छ: अर्थमन्त्री पौडेल

National Life
  • BFIS News
  • 2025 Jan Thu 07:39
ऋण र अनुदानको विकल्प खोज्नै पर्छ: अर्थमन्त्री पौडेल
RBB

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्रलाई कठिन अवस्थाबाट लयमा ल्याएको उल्लेख गर्दै ऋण र अनुदानबाहेकको मोडेलमा जानुपर्नेमा जोड दिएका छन् । 

NIMB

उनले भने, “अहिले राजस्वले साधारण खर्च धान्नै मुस्किल छ । ऋण लिएर कमजोर कार्यान्वयन प्रणालीबाट परिणाम निकाल्न सकिँदैन । अब ऋण र अनुदानको विकल्प पनि खोज्नै पर्छ ।” उनले वैकल्पिक वित्त व्यवस्थापनका अनेक मोडेल भएको चर्चा गर्दै त्यसलाई कार्यान्वयनमा ल्याउन ऐन निर्माण भइरहेको खुलाए ।

नेकपा (एमाले) कास्कीले बुधबार पोखरामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अहिले नतिजामूलक काम तीव्र गतिमा गर्न रोक्ने खालका २९ कानुनलाई एकै पटक संशोधन गरिएको बताए । उनले सुशासन, सेवाप्रवाहसहित सरकारको अनुभूति दिने गरी काम गर्न अहिलेको कार्यशैली र कामको गति बढाउनै पर्नेमा जोड दिए ।

विकास र समृद्धिको लय समात्न सरकारले अध्यादेश ल्याएको तर्क गर्दै उनले भने, “सबैतिर अस्तव्यस्त, अर्थतन्त्र लथालिङ्ग, जनतामा चरम निराशा रहेकाले त्यसलाई चिर्न अध्यादेश ल्याइएको हा । सरकारलाई सदनप्रति पूर्ण विश्वास छ । अहिलेको सरकारसँग करिब दुई तिहाइ छ । सदनबाट भाग्नुपर्ने कुनै कारण छैन ।” 

बहुदलीय व्यवस्थामा दल मुख्य विषय भएकाले एमालेलाई आगामी निर्वाचनमा एकल बहुमत प्राप्त हुने गरी लाग्न उहाँले नेता तथा कार्यकर्तालाई निर्देशन दिए । 

उपप्रधानमन्त्री पौडेलले सातबुँदे सहमतिको जगमा बनेको सरकार साझा नीति तथा कार्यक्रम हुँदै राजनीतिक संयन्त्रमार्फत चुस्त रूपमा चलिरहेको उल्लेख गरे । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार