नेपाल लाइफले टार्गेट पुरा गर्ने १६० अभिकर्तालाई गरायो हलेसी टुर
- BFIS News
- 2025 Jan Thu 20:26

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले टार्गेट पुरा गर्ने १६० जना अभिकर्तालाई हलेसी टुर गराएको छ । कम्पनीले हरेक महिना अभिकर्ताहरुलाई प्रोत्साहित गर्न विभिन्न प्याकेज ल्याउने गरेको छ । यसै क्रममा पुस महिनामा तोकिएको टार्गेट पुरा गरेका योग्य अभिकर्ताहरुलाई हलेसी टुर गराएको हो ।
टुरमा कम्पनीको तर्फबाट नेशनल सेल्स हेड उमापती पोख्रेल तथा एजेन्सी विभाग प्रमुख सुनिता पोख्रेलको उपस्थिति रहेको थियो । त्यस्तै पेशागत बीमा अभिकर्ता संघका महासचिव ओम केसी तथा पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीको समेत उपस्थिति रहेको थियो ।
टुरको व्यवस्थापन मेटा होलिडेजले गरेको थियो । मेटा होलिडेजले राष्ट्रिय अन्तर्राष्ट्रिय टुर तथा इभेन्ट म्यानेजमेन्ट गर्दै आइरहेको सञ्चालक समुन राज ढुङ्गेलले बताए । कम्पनीले समय समयमा गर्ने यस्ता रिफ्रेसमेन्ट कार्यक्रमलाई अभिकर्ताहरुलाई प्रोत्साहित गर्ने गरेको महासचिव केसीले बताए ।
नेपाल लाइफले माघ महिनामा टार्गेट पुरा गर्नेलाई विण्ड चिटरदेखि स्पेशल टुरसम्मको व्यवस्था गरेको छ । कम्पनीले प्रत्येक महिना समय सापेक्ष रुपमा प्रोत्साहनमुलक स्किम ल्याउने गरेको छ । जीवन बीमा क्षेत्रमा अग्रणी कम्पनीको रुपमा स्थापित नेपाल लाइफ अधिकाम्स सूचकमा अगाडी रहदै आएको छ । नेपालको जीवन बीमा व्यवसायमा २७ प्रतिशत भन्दा धेरै हिस्सा ओगटेको छ ।
प्रतिक्रिया