Nepal Life

अपि पावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Tue 06:08
अपि पावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
Sanima Reliance

काठमाडौं । अपि पावर कम्पनीले आजदेखि हकप्रद शेयरको निष्काशन तथा बिक्री बन्द गर्ने भएको छ । कम्पनीले साउन ३१ गतेदेखि निष्काशन गरेको हकप्रदमा हालसम्म एक करोड एक लाख ९५ हजार ४७२ कित्ताको लागि आवेदन परेको छ । कम्पनीले एक करोड ६५ लाख कित्ता निष्काशन गरेकोमा अझै ६४ लाख कित्ताको लागि आवेदन पर्न सकेको छैन ।

NIMB

कम्पनीले १० कित्ता बराबर ४ कित्ताको अनुपातमा हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव गरेको हो । कम्पनीको  हालको चुक्ता पूँजी  चार अर्ब १३ करोड रुपैयाँ रहेको छ ।

यसै पूँजीको ४० प्रतिशत अर्थात १ करोड ६५ लाख ३३ हजार १ सय ३७ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । प्रस्तुत हकप्रद शेयर असार २१ गतेसम्म कायम शेयरधनीहरुले भर्न पाउने छन् । हकप्रद प्रयोजनका लागि गत असार २२ गते बुक क्लोज गरिएको थियो । कम्पनीले दीर्घकालिन ऋण भुक्तानीका लागि हकप्रद शेयर निष्काशन गर्न थालेको हो । कम्पनीले प्रवर्द्धन गरेका ५ आयोजनाको एक अर्ब ६८ करोड रुपैयाँ कर्जा रहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया