NIMB Header 2
Nepal Life

प्रभु र नेपाल इन्स्योरेन्सले पुनर्बीमाको शेयर बिक्री गरेर पूँजी जुटाउने, कतिसम्म दिन पर्ला बोनस शेयर ?

National Life
  • BFIS News
  • 2023 Sep 05 16:13
प्रभु र नेपाल इन्स्योरेन्सले पुनर्बीमाको शेयर बिक्री गरेर पूँजी जुटाउने, कतिसम्म दिन पर्ला बोनस शेयर ?
Sanima Reliance

काठमाडौं । प्रभु र नेपाल इन्स्योरेन्स कम्पनीले नेपाल पुनर्बीमा कम्पनीको शेयर बिक्री गरेर पूँजी जुटाउने प्रस्ताव पेश गरेका छन् । बीमा प्राधिकरणले दुबै कम्पनीलाई एक साता अगाडी ठोस पूँजी बृद्धि योजना पेश गर्न निर्देशन दिएको थियो ।

Shikhar
NIMB

नियामकले मर्जरको नीति ल्याउदा समेत दुबै कम्पनीले अटेर गर्दै हकप्रदको बाटो रोज्न खोजे पछि प्राधिकरणले दुबैलाई अन्य बाटो रोज्न दवाव दिदै आएको छ । यसै क्रममा एक साता अगाडी पत्र नै काटेर दुबैलाई पूँजी जुटाउने योजना पेश गर्न निर्देशन दिएको थियो ।

एक हप्ताको समय दिएर क्यापिटल प्लान पेश गर्न दिइएको निर्देशन अनुरुप दुबै कम्पनीले आफ्नो नाममा रहेको नेपाल पुनर्बीमा कम्पनीको शेयर बिक्री गर्ने योजना पेश गरेका छन् ।

हाल दुबै कम्पनी सँग नेपाल पुनर्बीमा कम्पनीको १.६१८ प्रतिशत शेयर रहेको छ । पुनर्बीमा कम्पनीको चुक्ता पूँजी १२ अर्ब ८१ करोड छ । यस हिसावले हाल दुबै कम्पनी सँग २० लाख ७३ हजार ४४६ कित्ता शेयर रहेको छ ।

पछिल्लो वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ छ । नेटवर्थको दुई गुणामै शेयर बिक्री भयो भने पनि ७१ करोड २१ लाख रुपैयाँको पूँजी जुट्ने देखिन्छ । तर दुबैले एकै पटक यति धेरै शेयर बिक्री गर्नु भनेको अहिलेको समयमा धेरै जटिल काम हो ।

हाल दोस्रो बजारमा कम्पनीको शेयर मूल्य ६६६ रुपैयाँ रहेको छ । यो सर्वसाधारण समुहको शेयर हो । संस्थापक समुहको शेयर यस हिसावले बिक्री हुँदैन । यदि नेटवर्थकै दोब्बर मूल्यमा शेयर बिक्री भयो भने पनि कम्पनीले नपुग पूँजी सहजै जुटाउन सक्ने देखिन्छ ।

हाल प्रभु इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी एक अर्ब ३७ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा २२ करोड ६४ लाख रुपैयाँ रहेको छ । बीमा प्राधिकरणले निर्धारण गरेको साढे दुई अर्ब पूँजी जुटाउन कम्पनीलाई एक अर्ब १३ करोड आवस्यक पर्छ । मुनाफाबाट १३ करोड बोनस दिए पनि बाँकी एक अर्ब पूँजी जुटाउनु पर्छ । यसका लागि कम्पनीले पुनर्बीमाको शेयर कम्तिमा पनि प्रति कित्ता ५०० रुपैयाँमा बिक्री गर्न सक्नु पर्छ ।

नेपाल इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी एक अर्ब ४८ करोड रुपैयाँ रहेको छ । हाल जगेडा कोषमा ४९ करोड २७ लाख रुपैयाँ रहेको छ । कम्पनीलाई अझै एक अर्ब २ करोड आवस्यक छ । यदि ४० करोड नै बोनस शेयर दियो भने पनि ६० करोड भन्दा धेरै पूँजी आवस्यक पर्छ । यदि कम्पनीले पुनर्बीमाको शेयर नेटवर्थकै दुई गुणामा बिक्री गर्न सक्यो भने पनि सहजै पूँजी जुटाउन सक्ने देखिन्छ ।

प्रभु र अजोड विच अन्तिममा पुगेर मर्जर भाडिए पछि प्रभुले अर्को जोडी खोज्न चाहेन । धेरै वटा सँग प्रयास गरे पनि प्रभुको काठमाडौंमा आफ्नै भवनमा केन्द्रिय कार्यालय रहेकाले मूल्याङ्कन धेरै देखिन्छ । यहि मूल्याङ्कन धेरै हुँदा मर्जरमा जान चाहने अर्को कम्पनीले स्वाप रेसियो घटेर मर्जर हुन चाहेनन् । यहि कारणले मर्जर हुन नसकेको हो । प्राधिकरणले बारम्बार मर्जरका लागि दवाव दिदा पनि कम्पनीले अटेर गरे पछि हकप्रद निष्काशनमा रोक लगाउदै अन्य बाटो खोज्न निर्देशन दिदै आएको हो । यस पछि प्रभुले रणनीतिक साझेदार भित्र्याउने भन्दै प्राधिकरणको आखामा धुलो हाल्ने काम गर्यो । अहिले आएर रणनीतिक साझेदारी ल्याउन नसक्ने भन्दै हकप्रदका लागि दाउ खोज्यो । तर प्राधिकरणले अन्य बाटो अपनाउन भने पछि अन्तत कम्पनीले पुनर्बीमाको शेयर बिक्री गरेर पूँजी जुटाउने भएको हो ।

नेपाल इन्स्योरेन्सले पनि प्रुडेन्सियल र आइएमई जनरल सँग अन्तिममा मर्जरमा नजाने भन्दै मोडियो । यहि कारणले गर्दा प्राधिकरणले कम्पनीलाई पेलेको हो । प्राधिकरणले हकप्रद निष्काशन गर्न नदिने र जसरी पनि पूँजी जुटाउनै पर्ने भने पछि कम्पनीले जग्गा बिक्रीको लागि पहल गर्यो । तर जग्गा बिक्री गरेर पूँजी जुटाउन नसकिने स्थिति आए पछि कम्पनीले नेपाल पुनर्बीमाको शेयर बिक्री गर्ने रणनीति बनाएको  ।

यदि दुबैको योजना अनुसार पुनर्बीमाको शेयर बिक्री गरेर पूँजी जुटाउने अवस्था बन्यो भने प्रभुले ८२ प्रतिशत बोनस शेयर दिएर पूँजी जुटाउनेछ भने नेपाल इन्स्योरेन्स कम्तिमा पनि ६८ प्रतिशत बोनस शेयर दिएर पूँजी जुटाउन सक्नेछ । हकप्रद निष्काशन गरेर भन्दा यहि तरिकाबाट पूँजी जुटायो भने कम्पनीले शेयरधनीहरुलाई सर्वाधिक प्रतिफल दिनेछन् । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया