Nepal Life

तीन बैंक सहित नयाँ ११ ब्रोकर कम्पनीले पाए सञ्चालन अनुमति लाइसेन्स

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Tue 17:19
तीन बैंक सहित नयाँ ११ ब्रोकर कम्पनीले पाए सञ्चालन अनुमति लाइसेन्स
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले तीन बैंकको सहायक कम्पनी सहित ११ वटा नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स प्रदान गरेको छ । नेप्सेको सञ्चालक समितिले प्रकृयाँ पुरा गरेका ब्रोकरलाई सञ्चालन अनुमति दिएको हो । 

NIMB

नेप्सेले सानिमा बैंकको सानिमा सेक्युरिटिज, गरिमा विकास बैंकको गरिमा सेक्युरिटिज र एनएमबी बैंकको एनएमबी सेक्युरिटिजलाई अनुमति दिएको छ । त्यस्तै मिल्की वे सेयर ब्रोकर कम्पनी लिमिटेड, स्टकस्कार्टट सेक्युरिटिज् लिमिटेड, एस. पी एस. ए. सेक्युरिटिज् लिमिटेड, पाही इन्भेष्टमेन्ट प्रा लि, इन्दिरा सेक्युरिटिज् प्रा.लिमिटेड, आकाशभैरव सेक्युरिटिज लिमिटेड र ब्लु चिप सेक्युरिटिज् लिमिटेडलाई लाइसेन्स दिएको छ।

धितोपत्र बोर्डबाट लाइसेन्सका लागि अनुमति पाएका ब्रोकरले दोस्रो बजारका कारोबारका लागि नेपाल स्टक एक्सचेन्जबाट अनुमति लिनु पर्छ । हाल नयाँ १५ वटा भन्दा धेरै ब्रोकरले दोस्रो बजारमा कारोबार सुरु गरिसकेका छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया