Nepal Life

आइसीएफसी फाइनान्सको डिबेन्चर बाँडफाँट, आवेदन दिने सबैले पाए, व्याजदर घटेको बेलामा उच्च आवेदन

National Life
  • BFIS News
  • 2025 Feb Sun 14:45
आइसीएफसी फाइनान्सको डिबेन्चर बाँडफाँट, आवेदन दिने सबैले पाए, व्याजदर घटेको बेलामा उच्च आवेदन
RBB

काठमाडौ । आइसीएफसी फाइनान्सले यसअघि जारी गरेको ऋणपत्र (डिबेन्चर)को बाँडफाँट भएको छ । फाइनान्सले गत माघ ९ बाट बिक्री खुल्ला गरेको ३० करोड रुपैयाँ बराबरको ऋणपत्रमा माग भन्दा अधिक आवेदन परेपछि गोलाप्रथाबाट आज बाँडफाँट गरिएको हो । बैंक ब्याजदर घटेको बेला आकर्षक ब्याजदरसहितको ऋणपत्र जारी भएकाले यस ऋणपत्रमा उच्च आवेदन परेको थियो ।

NIMB

आइसीएफसी फाइनान्सले गत माघ ९ गतेदेखि प्रतिइकाई १ हजार रुपैयाँको दरका ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । सोमध्ये १८ करोड रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट समानुपातिक रुपमा बाँडफाँट गरिएको निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ ।

बाँकी १२ करोड रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याएर १ लाख १४ हजार कित्ता सर्वसाधरणलाई बाडँफाट गरिएको हो । सर्वसाधारणहरुबाट जम्मा ७ हजार २४७ जना आवेदकहरुबाट ६ लाख ३१ हजार ३५७ कित्ता ऋणपत्रको लागि आवेदन परेको थियो । स्वीकृत विवरणपत्रमा भएको व्यवस्था अनुसार गोलाप्रथा बिधिद्धारा ४ हजार ५६० जना आवेदकहरुलाई १ लाख १४ हजार  कित्ता ऋणपत्र बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।  

आइसीएफसीले ७ वर्ष अवधिको ‘९ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८८’ जारी गरेको हो । यसमा वार्षिक ९ प्रतिशत ब्याजदर दिने फाइनान्सले जानकारी दिएको छ । यस ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ । उक्त डिबेन्चर नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण हुनेछ । सूचीकरणपछि दोस्रो बजारमा समेत सोको खरिद-बिक्री  गर्न सकिनेछ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया