Nepal Life

धेरै समय पछि आक्रामक देखिए लगानीकर्ता, संसद सुचारु भए सँगै बजार बढ्ने अपेक्षामा पनि डराएका हंग्री इन्भेष्टर हाबी

National Life
  • BFIS News
  • 2025 Feb Sun 15:10
धेरै समय पछि आक्रामक देखिए लगानीकर्ता, संसद सुचारु भए सँगै बजार बढ्ने अपेक्षामा पनि डराएका हंग्री इन्भेष्टर हाबी
RBB

काठमाडौं । धेरै लामो समय पछि लगानीकर्ता आक्रामक देखिएका छन् । आक्रामक रुपमा प्रस्तुत भएका लगानीकर्ताले बाइङ प्रेसर दिदा आज बजारमा ६९.८० अंकले सुधार भयो । 

NIMB

बजारमा हंग्री इन्भेष्टर हाबी हुँदा सम्पुर्ण कम्पनीको शेयरमा सुधार आएको छ । बजार अझै पनि तल्लो विन्दुमा छ । अवका दिनमा सबै गतिरोध समाप्त भएमा शेयर बजारले नयाँ उचाइ हासिल गर्ने विश्लेषकहरु बताउछन् । यसै क्रममा आज साना ठुला सबै लगानीकर्ता सक्रिय देखिएका छन् । लगानीकर्ताको सक्रियता सँगै कारोबार रकम पनि १३ अर्ब भन्दा धेरैको भएको छ । 

हिजोदेखि संसद सुरु भएको छ । लामो समय पछि खुलेको संसदले पनि अवको केहि समय यहि राजनीतिक समिकरण रहिरहने विश्वासले पनि बजारमा आक्रामक बाइइङ आएको विश्लेषकहरु बताउछन् । संसद सुचार हुँदा अव सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा लागि पर्नेछ । यतिमात्रै होइन यस अवधिमा सरकारले पनि कामहरु गर्दै जानेछ । 

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले निर्माण व्यवसायीहरुलाई वक्यौता रकम बुझ्न अनुरोध गरिसकेका छन् । उनले सात दिन भित्रमा रकम नपाएमा आफुकहाँ आउन समेत अनुरोध गरेका छन् । निर्माण व्यवसायीहरुले रकम पाउने वित्तीकै त्यो रकम बजारमा आउनेछ । साथ साथै यस आर्थिक वर्षका ठेक्का पनि लाग्न सुरु भइसकेको छ । 

यसले गर्दा अवको केहि समय निर्माण क्षैत्र अगाडी बढ्नेछ । निर्माण क्षेत्र अगाडी बढ्दै गर्दा अर्थतन्त्रमा कति सुधार आउन सुरु हुने विश्लेषकहरु बताउछन् । अर्को तर्फ बैंकहरुको अधिक तरलतालाई राष्ट्रले हरेक दिन खिचिरहेको छ । यसले गर्दा अवको केहि समय व्याजदर नबढ्ने निश्चित छ । एकातिर आर्थिक गतिविधि अगाडी बढ्ने र अर्को तर्फ व्याजदर पनि स्थिर रहने संकेतले बजारमा लगानीकर्ता हौसिएका हुन् । 

आज नेप्से सूचक  ६९.८० अंकले सुधार हुँदा १२ अर्ब ९५ करोडको कारोबार भएको छ । कारोरबार रकमलेपनि बजारलाई क्रमिक रुपमा सपोर्ट गरिरहेको छ । नेप्से सूचक २७२७.५८ अंकमा पुग्दा अधिकाम्स सूचकमा सुधार देखिएको छ । आज बाणिज्य बैंक लगायत बीमा क्षेत्रमा उछाल आएको छ । आज ९ वटा कम्पनीमा सर्किट लाग्दा ७ वटा माइक्रोफाइनान्स छन् । आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चरको ४१ करोड ९७ लाख रुपैयाँ कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक पनि सर्वाधिक कारोबार हुने सूचीमा परेका छन् ।  

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया