गरिमा र महालक्ष्मी विकास बैंक ई-कमर्स कार्ड कारोवारको लागि एनसीएचएलमा आवद्ध
- BFIS News
- 2025 Feb Mon 18:20
काठमाडौं । गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकले कार्ड मार्फत हुने ई-कर्मस कारोवारको लागि नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को EFT Services मा आवद्ध भई 3D Secure ACS सेवा सुरु गरेका छन् ।
उक्त सेवाको शुरुवात पश्चात् गरिमा विकास बैंक तथा महालक्ष्मी बिकास बैंकका कार्ड होल्डरहरुले सुरक्षित तरिकाले अनलाइन ई-कमर्स कारोबार गर्न सक्नेछन् ।
उक्त सेवा प्रयोग गर्नका लागि बैंकका कार्डहोल्डरहरुले आफ्नो कार्डमा एकपटक उक्त सुविधा सूचारु गर्नुपर्ने हुन्छ । ई(कमर्स कारोबार गर्दा थप सुरक्षित तरिकाले भेरिफिकेशन गर्न तथा ग्राहकले अथेन्टिकेट गर्न 3D Secure ACS सोलुसन अत्यन्तै सुरक्षित माध्यम मानिनेछ । बैंक र एनसीएचएलकोे यस पहलले बढ्दो ई-कमर्स कारोबारलाई अझ सुरक्षित बनाउनुका साथै ग्राहकहरुलाई अनलाइन कारोवार गर्न थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
एनसीएचएलले EFT सेवा अन्तर्गत ACS का साथै विभिन्न network scheme को कार्ड जारी गर्ने, कारोबार acquire गर्ने, कारोबार processing तथा settlement, ई-कर्मस payment गेटवे, कार्ड personalization जस्ता कार्ड सम्बन्धी सेवाहरु आफ्नो सदस्य बैंक वित्तीय संस्थाहरुलाई दिदै आएको छ । एनसीएचएलले उक्त प्रणालीमा NEPALPAY कार्ड समेतको कारोबार गर्न सकिने गरी आवश्यक प्रणाली विस्तार गरी परिक्षणको चरणमा रहेको छ ।
हाल NCHL को EFT Services अन्तर्गत गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकका साथै सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, प्राईम कमर्सियल बैंक, सिद्धार्थ बैंक, ज्योती विकास बैंक, लुम्बिनी विकास बैंक र संग्रिला विकास बैंक लगायतका बैंक वित्तीय संस्थाहरुलाई सेवा प्रदान गर्दै आएको छ । नेपालको अग्रणी विकास बैंकहरु मध्य गरिमा विकास बैंकको १ लाख ७५ हजार भन्दा बढि कार्डहरु तथा ५० वटा एटीएम तथा महालक्ष्मी विकास बैंकको १ लाख ३५ हजारभन्दा बढि कार्डहरु तथा ४९ वटा एटीएममार्फत देशभरीका ग्राहकहरुलाई सेवा दिँदै आएका छन् ।
प्रतिक्रिया