यि हुन् शेयर बजारमा करेक्सन आउदा सर्वाधिक धेरै कारोबार हुने १० कम्पनी
- BFIS News
- 2025 Feb 05 15:21
काठमाडौं । आक्रामक रुपमा सुधार भइरहेको शेयर बजारमा मंगलबार र बुधबार भने सुधारले रिन्तरता पाउन सकेन । नेप्से सूचक ४.४४ अंकले घटेर २७११.४५ अंकमा रोकिएको छ । आज ८ अर्ब ९५ करोडको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ३३ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै दोस्रो धेरै हिमालयन पावर पार्टनरको २७ करोड १४ लाख, तेस्रो धेरै सिनर्जी पावर डेभलपमेन्टको २२ करोड २० लाखको कारोबार भएको छ ।
ग्रिन डेभलपमेन्ट बैंकको २० करोड ९३ लाख, हिमालयन उर्जा विकासको १९ करोड, एनआरएन इन्फ्राष्ट्रक्चरको १८ करोड ९७ लाख, जोशी हाइड्रोपावरको १८ करोड ४३ लाख, युनाइटेड मोदी हाइड्रोपावरको १५ करोड ७० लाख, सामलिङ पावरको १५ करोड ६१ लाख र छ्याङ्दी हाइड्रोपावरको १४ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ ।
आज पनि उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लागेर आज संस्थाको शेयर मूल्य ६६०० रुपैयाँ पुगेको छ । छ्याङ्दी हाइड्रोपावरको शेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेर ५२९ रुपैयाँ पुगेको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)










.jpg)







प्रतिक्रिया