क्यापिटल गेनका लागि जुनसुकै हदसम्म जादै लगानीकर्ता, छिटो कमाउने अभिलासामा लो क्यापमै सिमित हुँदा सोझा साझा मर्कामा
- BFIS News
- 2025 Feb Thu 15:24

काठमाडौं । शेयर बजारमा पछिल्लो समय फरक प्रबृत्ती देखिदै आएको छ । छिटो कमाउने अभिलासाले गर्दा लगानीकर्ताहरु प्राविधिक तथा शैद्धान्तिक धरातललाई विर्सिएर लो क्यापमै रमाएको देख्न सकिन्छ । यसले सम्पुर्ण सूचकहरु शेयर बजार मैत्री हुँदा पनि नेप्से साइइवेजको सिकार भइरहेको छ ।
वास्तवमै दोस्रो बजार क्यापिटल गेनकै लागि हो । यसो भन्दै गर्दा शैद्धान्तिक रुपमा बलियो धरातल बनाएका कम्पनीहरु पनि अण्डर भ्यालु छन् भने एकदमै खराव अवस्थाका कम्पनीहरु ओभर भ्यालु भएका छन् । यसको ज्वलन्त उदाहरण हो फाइनान्स कम्पनीहरु । खराव कर्जाले कमजोर अवस्थामा रहेका फाइनान्सको शेयरमा निश्चित समुहले खेलाइरहेका छन् ।
दृश्य अदृश्य रुपमा विभिन्न व्यक्ति तथा समुहले कम्पनीको शेयरमा सामुहिक सौदाबाजी नै गर्दै आइरहेका छन् । कुनै व्यक्ति वा समुहले फलानो कम्पनीमा खेल्दै छरे भनेको भरमा शेयर खरिद गर्ने सोझा साझा लगानीकर्ताहरु भने हनि ट्र्यापमा पर्दै आइरहेका छन् । यसको एउटा उदाहरण हो नेपाल फाइनान्स । नेपाल फाइनान्सको शेयर मूल्य कुनै समय २६१४ रुपैयाँसम्म पुर्याइयो । अहिले यसको शेयर मूल्य ७५१ रुपैयाँ छ । त्यस्तै ग्रिन डेभलपमेन्ट बैंकको शेयर मूल्य ३४० रुपैयाँबाट २००० रुपैयाँ पुर्याइयो । यसरी २ हजार पुगेको केहि दिनमै कम्पनीको शेयर मूल्य घटेर १५ सय रुपैयाँमा झरेको छ । सामाजिक सञ्जाल मार्फत यसको शेयर मूल्य ३/४ हजार रुपैयाँसम्म पुग्छ किन्नु भन्दै उक्साइयो । यस्तो उक्सावटमा सोझा साझा लगानीकर्ताहरु परेका छन् ।
यस्तो समुह तथा व्यक्तिहरुले सुरुमा आफुले सकेको शेयर खरिद गर्छन् । त्यस पछि यो कम्पनीको शेयर मूल्य यतिसम्म पुग्छ भन्दै हौवा फैलाउछन् । हौवा फलाउदा फैलाउदै ४/५ सय रुपैयाँ पनि बढ्छ । जसले गर्दा सो अवधिमा शेयर किन्नेहरु खुसी पनि हुन्छन् । जवकी यस अवधिमा ति व्यक्ति तथा समुहले शेयर बिक्री गरेर केहि शेयर मात्रै आफु सँग राख्छन् । जव लगातार घट्न थाल्छ घट्दा घट्दै बिक्री गरेर बाहिरिसकेका हुन्छन् ।
यहि परिदृश्य अहिले अधिकाम्स लो क्यापका कम्पनीमा देख्न सकिन्छ । यस्तो परिदृश्यलाई नियामक निकायका पदाधिकारीहरु नै टुलु टुलु हेरेर बसिरहेका हुन्छन् । यस्तो अवधिमा किन नियामकले एक्सन नलिएको भन्दा उनिहरुको जवाफ आउछ 'हामीले के आधारमा समाउने । जवकी शेयर बजार खुला बजार हो । यसमा नियामकले ठाडो हस्तक्षेप गर्न पाउदैन ।'
यसले नेपालको शेयर बजारमा जुवा प्रबृत्ती देखिएको बजार विश्लेषकहरु बताउछन् । छिट्टो कमाउने होडबाजीले गर्दा बजारले आफ्नो लय पक्रिन सकेको छैन । जसले बजारमा लामो समय अनुभव हासिल गरेका छन् उनिहरुले संयमताका साथ खरिद बिक्री गर्छन् तर लहै लहैमा आएका लगानीकर्ताले आफ्नो गोजि रित्याउने बाहेक अरु केहि पनि हुन सकेको छैन । यस्तो प्रबृत्तीले बजारलाई दिगो विकास गर्न दिदैन । यसो हुनुको प्रमुख कारण अधिकाम्स लगानीकर्तामा बजार प्रतीको अनुभव तथा ज्ञानको कमि हुनु पनि हो ।
जवसम्म बजारमा म्याचुरिटी आउदै तवसम्म यस्ता अभ्यास तथा प्रबृत्ती देखिदै जाने बजार विश्लेषकहरु बताउछन् । केहि यस्ता अभ्यास बजारमा देखिन्छ जुन बजारको सिद्धान्त भन्दा नितान्त फरक छन् । यसले गर्दा बजारमा जोखिम लिन नसक्ने तथा आफु सँग भएको बचतबाट केहि कार्य गर्छु भनेर आउनेले राम्रो नोक्सानी बेहोर्नु पर्ने पक्का छ । कतिपय अवस्थामा हिजोका दिनमा एकदमै राम्रो कमाएका र खेलाडी पनि यसमा डुब्ने गरेको पाइएको छ । साथै हिजोका दिनमा लगाएका टेक्निकबाट राम्रो पैसा कमाएका लगानीकर्ताहरुले पनि अहिले खासै कमाउन सकेका छैनन् ।
यस साताको अन्तिम दिन बुधबार नेप्से सूचक ११.६४ अंकले घटेर २६९९ अंकमा बन्द भयो । जवकी पछिल्लो १५ दिनमा २५८८ अंकबाट २७३० अंकसम्म पुग्यो । यसमा फाइनान्सका शेयरधनीले चरम नोक्सानी बेहोर्नु पर्यो भने विकास बैंक तथा बीमा कम्पनीका शेयरधनीको पोर्टफेलियो राम्रै बढ्यो । साथै जलविद्युत क्षेत्रका कम्पनीमा पनि राम्रो सुधार देखिएको छ । अहिले लोक क्यापका माइक्रोफाइनान्सको शेयरमा पनि राम्रै ग्रोथ छ ।
प्रतिक्रिया