Nepal Life

बैंकहरुको व्याजदर स्थिर राख्दा शेयर धितो कर्जामा भएन परिवर्तन, हेर्नुहोस कुन बैंकको व्याजदर कति ?

National Life
  • BFIS News
  • 2025 Feb Thu 07:07
बैंकहरुको व्याजदर स्थिर राख्दा शेयर धितो कर्जामा भएन परिवर्तन, हेर्नुहोस कुन बैंकको व्याजदर कति ?
RBB

काठमाडौ । आजदेखि लागु हुने गरि अधिकाम्स बैंकहरुले फागुन महिनाका लागि व्याजदर स्थिर राखेका छन् । ग्लोबल आइएमई बैंकले मुद्दती निक्षेपमा ०.२५ प्रतिशतले व्याजदर बढाएको छ भने सिटिजन र लक्ष्मी सनराइजले भने मुद्दती निक्षेपमा थोरै घटाएका छन् । यस बाहेक सबैको व्याजदर स्थिर छ ।

NIMB

सिटिजनले मुद्दती निक्षेप तर्फ व्यक्तिगतको व्याजदर ०.४० प्रतिशत घटाएको छ । त्यस्तै लक्ष्मी सनराइज बैंकले संस्थागत समुह तर्फको मुद्दती निक्षेपमा ०.२५ प्रतिशत घटाएको छ । नेपाल राष्ट्र बैंकको नीतिका कारण कुनै पनि बैकहरुले सर्वसाधारण लगानीकर्ताको साधारण निक्षेपको व्याजदर ५ प्रतिशत भन्दा तल झारेका छैनन् । यद्यपी संस्थागत लगानीकर्ताको मुद्दती निक्षेपको व्याजदर ३.२५ प्रतिशतसम्म तल झारेको छ ।

बैंकहरुले व्याजदर लगातार तल झार्दै गर्दा शेयर धितोकर्जाको व्याजदर पनि तल झरिरहेको छ । निक्षेपको व्याजदर घट्ने वित्तीकै आधार व्याजदर पनि तल झर्ने भएकाले ऋणीहरुले यो समयमा निकै राहात महशुस गरिरहेका छन् । यो समय बैंकमा पैसा राखेर आम्दानी गर्नेको व्यालेन्ससिट बिक्रिएको छ भने बैंकबाट कर्जा लिएर आयोजना निर्माण गर्नेहरुको व्यालेन्ससिट सुधारिएको छ ।

यो अवधिमा शेयर बजारमा कारोबार गर्ने लगानीकर्ताका लागि पनि उर्वर समय रहेको छ । यसले गर्दा पछिल्ला महिनामा शेयरधितो कर्जा बढिरहेको छ ।

कुन बैंकले कतिमा दिदैछन् शेयरधितो कर्जा

अहिले नेपाल बैंकले सबैभन्दा कम व्याजदरमा शेयर धितोकर्जा प्रवाह गर्दै आइरहेको छ । नेपाल बैंकले ६.२१ प्रतिशत व्याजदरमै शेयरधितो कर्जा प्रवाह गर्दै आइरहेको छ । यसले गर्दा नेपाल बैंकको कर्जा प्रवाह पनि सबैभन्दा धेरै छ ।

कुनै समयमा शेयरधितो कर्जामा फाइनान्सहरु सबैभन्दा धेरै आक्रामक देखिन्थे । अहिले बाणिज्य बैंकहरु सबैभन्दा धेरै आक्रामक छन् । बाणिज्य बैंकहरुले शेयर धितो कर्जालाई विशेष प्राथमिकता दिदै आइरहेका छन् । यसका लागि बैंकहरु ब्रोकरहरु सँग बढि समन्वय गर्नेदेखि लिएर ठुला लगानीकर्ताहरुलाई सम्पर्क राखेरै कारोबार बढाइरहेका छन् ।

शेयर धितो कर्जामा दोस्रो नम्बरमा राष्ट्रिय बाणिज्य बैंक रहेको छ । बैंकले ६.६४ प्रतिशतमै यस्तो कर्जा प्रवाह गर्दै आइरहेको छ । छोटो अवधिका लागि कर्जा प्रवाह हुने भएकाले अधिक तरलतालाई यस्तो क्षेत्रमा कर्जा प्रवाह गरेर बैंकहरुले व्यवस्थापन गरिरहेका छन् । तेस्रो नम्बरमा कृषि विकास बैंक र चौथो नम्बरमा एभरेष्ट बैंक रहेको छ । एभरेष्ट बैंकले ६.८४ प्रतिशतमै शेयरधितो कर्जा प्रवाह गर्दै आइरहेको छ । यस सँगै ग्लोबल आइएमई बैंकले पनि ६.९५ प्रतिशतमै शेयर धितो कर्जाको अफर गर्दै आइरहेको छ ।

सिद्धार्थ बैंकले पनि ७.१३ प्रतिशतमै शेयर धितो कर्जा उपलब्ध गराउदै आएको छ । यस पछि नविल बैंकले ७.३१ प्रतिशतमा शेयर धितो कर्जा उपलब्ध गराएको छ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार