Nepal Life

हाथवे इन्भेष्टमेन्टको आइपीओमा आजबाट आवेदन दिन सकिने, प्रतिकित्ता ५० रुपैयाँ

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Thu 11:22
हाथवे इन्भेष्टमेन्टको आइपीओमा आजबाट आवेदन दिन सकिने, प्रतिकित्ता ५० रुपैयाँ
Sanima Reliance

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालको आज बिहीबारदेखि सर्वसाधारण लगानीकर्ताको लागि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५०% अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ निष्काशन गरेको हो । 

NIMB

कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले कुल २९ लाख २५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । जसमध्ये २% अर्थात् ५८ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । त्यस्तै, १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । 

यसैगरी, २ लाख ९२ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पनि बाँडफाँट भइसकेको छ । बाँकी २४ लाख २७ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

सर्वसाधारणले यसमा न्यूनतम २० देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा भदौ २५ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने असोज ४ गतेसम्म पनि आवेदन खुला रहनेछ । 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । 

रेटिङ एजेन्सी इक्रा नेपालले यस कम्पनीको आइपीओलाई ‘इक्रा एनपी ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ । इक्रा नेपालले २०७९ चैत २४ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८० चैत २३ गतेसम्म बाहल रहनेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया